नेपालीको अगुवाईमा अस्ट्रेलियामा योग दिवस , ‘योगलाई जोडेर जीवन महान बनाउंन सकिने’ सन्देश

असनेपाल न्युज । सिड्नी । अस्ट्रेलियामा नेपालीको अगुवाईमा योग दिवस भव्य रुपमा सम्पन्न भएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जी एस पि एस एस ) को मुख्य आयोजनामा “अन्तरर्‍ाष्ट्रिय योग दिवस -२०१९” सम्पन्न भएको हो । नेपाली योग गुरु तथा उत्प्रेरक आचार्य राजन शर्माको प्रस्तुतिमा सिड्नीको ‘कोग्राहमा सो कार्य सम्पन्न गरिएको आयोजक सन्स्थाले जनाएको छ ।
विश्व शान्तिदुत आचार्य राजन शर्माले गत वर्ष सिड्नी को ओपेरा हाउस प्रङणमा योग गराउंनु भएको थियो भने यस वर्ष कोग्राहको ‘सेन्ट जर्ज कम्युनिटी सेन्टरमा प्रस्तुत गर्नु भएको आयोजक संस्थाका महासचिव विदुर प्रसाद सापकोटा बताउंनु हुन्छ । सो अवसरमा योग गुरु आचार्य राजन शर्माले योगका विविध आसन , ध्यानका शुक्ष्मविधि ,रोग निवारणका अनेक मुद्रा स्तुत गर्दै जीवनमा शान्ति प्राप्त गर्ने विभिन्न उपाय प्रस्तुत गर्नु भएको थियो । उहांले नेपालबाट उत्पन्न भएको योग महाविध्याबाट आज संसारले लाभ उठाइरहंदा नेपाल र नेपाली भने यसबाट बन्चित नबनौं बरु हरेक ब्यक्ति विश्व शान्तिको प्रतिनिधि बन्ने अभियानमा लागौं बन्दै सबैमा प्रेरणा जगाउंनु भएको थियो । साधारण मान्छेहरु बांच्दै नबांचि मर्छन्,सद्कार्यमा जोडीरहने महान मान्छेहरु मरेर पनि बांचिरहन्छन्। जीवनको वास्तविक रहस्य बुझ्दै नबुझि मर्नुभन्दा योगलाई जीवनमा जोडेर एउटा महान जीवन बांच्न

उहांले प्रेरित गर्नु भएको थियो । अमेरिकी आकाशमा उडिरहेको एटलान्टा विमान भित्र ५ घण्टे योग शिविर रख्दै विश्व किर्तिमान राख्नु भएका आचार्यको हाल सम्म विश्वका ४५ भन्दा बढी शहरमा यस्तो उत्प्रेरणात्मक योग शिविर सन्चालन गरिसक्नु भएको छ ।
सो अवसरमा योग शिक्षिकाहरु महालक्ष्मि राजभण्डारिको योग तथा कमेडी नांच , अस्ट्रेलियली मुलकि योगिनी सिण्डी र पुर्णिमा योगिनि लागायतको प्रस्तुति पनि योग दिवसको अाकर्षण बन्न पुग्यो ।
कार्यक्रममा २०० घण्टा योग प्रशिक्षण पुरा गर्ने योग साधकरुलाई समेत योग आचार्यले प्रमाणपत्र वितरण गर्नु भएको थियो । यस मध्येका एक तथा त्रिभुवन विश्वविध्यालयका सह प्राध्यापक तथा विध्यावारीधिका प्रतिनिधि जीव नाथ लम्सालले आफु आज बाट थप प्रतिवद्द भएको भन्दै योग मार्गले विश्वशान्तिका योगदान दिने र यसमा अग्रजहरुको अनुसरण गर्दै जाने बताउंनु भयो । यस्तै सो अवसरमा योग प्रवर्द्दक कृष्णजी , महेश्वर शर्मा , सिण्डी, महालक्ष्मि राजभण्डारी , लगायतले योगको महत्वको बारेमा चर्चा गर्नु भएको थियो । सो कार्यक्रमलाई ‘एजुकेशन सेन्टर अस्ट्रेलिया’ (एे सि ए ) ले प्रायोजन गरेको थियो भने सिड्नीका विभिन्न क्षेत्रका प्रतिनिधिहरु र योग शिक्षकहरुले सहभागीता जनाएका थिए ।
विश्वका अन्य क्षेत्रमा गरिएका योग शिविरका केही झलकहरु यस्ता छन्:

 http://ausnepalnews.com/2016/08/33606.html#.XQ7MwNXwaCc

Comments

comments

सम्बन्धित शिर्षकहरु