के हिन्दू धर्ममा मासु खान प्रतिबन्ध छ ? वेद, उपनिषद् र गीतामा यस्तो छ व्यवस्था ?

काठमाडौं। हिन्दू धर्ममा मासु खाना प्रतिबन्ध छ या छैन ? यस सम्बन्धमा कोही पनि मानिसको मनमा भ्रम छ। शाकाहारी भोजनको हिन्दू धर्ममा उत्तम मान्ने गरिएको छ। मासु खाने कुरालाई लिएर कुनै पनि अनुदेश दिइएको छैन। कुन कुन धार्मिक ग्रन्थमा यसबारे कस्तो व्यवस्था गरियो ?

वेदका अनुसार –
वेद नै हिन्दू धर्मको मूल धर्म ग्रन्थ हो। वेदको सार उपनिषद र उपनिषदको सार गीता हो। यहाँ तीनैको मत केही भिन्न र केही समान पनि रहेका छन्। वेदमा मासु खाने सम्बन्धमा स्पष्ट रुपमा निषेध गरिएको छ। वेदमा पशु हत्या पाप मानिएको छ। वेदहरुमा केही पशुहरुको सम्बन्धमा एक भिन्नै अनुदेश दिइएको छ।

यः पौरुषेयेण करविषा समङकते यो अश्वेयेन पशुयातुधानः।
यो अघ्न्याया भरति कषीरमग्ने तेषांशीर्षाणि हरसापि वर्श्च॥- (ऋग वेद, मंडल १०, सूक्त ८७, ऋचा १६)

अर्थात- जो मनुष्य नर, अश्व अथवा कुनै अन्य पशुको मासु सेवन गरेर उसलाई आफ्नो शरीरको भाग बन्दछ। गौ हत्या गर्ने अन्य मानिसहरुलाई दूध आदिबाट वञ्चित राखिन्छ, हे अग्निस्वरूप राजा, यदि त्यो दुष्ट व्यक्ति कुनै पनि प्रकारले नसुन्ने हो भने तपाईं उसको मस्तिष्क शरीरसँग विदारित गर्नको लागि संकोच गर्नु हुँदैन।

गीताका अनुसार –
गीतामा मासु खान या नखाने विषयमा उल्लेख गर्नुको साँटो खानालाई वा अन्नलाई तीन श्रेणीमा विभाजित गरिएको छ । १.सत्व, २.रज र ३.तम।

गीताका अनुसार अन्नबाट नै मन र विचार बन्छ। जो मनुष्य सात्विक भोजन ग्रहण गर्दछ। उसको सोच पनि सात्विक नै हुन्छ। अत: सात्विकताका लागि सात्विक भोजन, राजसिकताका लागि राजसिक भोजन र तामसी कार्यको लागि तामसी भोजन हुन्छ। यदि कोही सात्विक व्यक्ति तामसी भोजन ग्रहण गर्न लाग्यो भने उसको विचार र कर्म पनि तामसी नै हुन्छ।

मासु दुई किसिमको हुन्छ। राजसिक र तामसिक। उसलाई पकाउने तरिकाद्वारा नै उसको श्रेणी तय हुन्छ। सन्तहरु, ब्राह्मणहरु र धर्मको कार्यमा कार्यरत मानिसहरुलाई सात्विक भोजन गर्नु पर्दछ। तर, युद्ध, क्रीडा र भयंकर कर्मको कारण मानिसहरुलाई राजसिक भोजन गर्नु पर्दछ। ता‍मसिक भोजन कहिलै गर्नु हुँदैन भन्ने उल्लेख छ। किनकी यो भोजन राक्षस, पिशाच र असुरहरुको भोजन हुन्छ। तामसिक भोजनमा राम्रोसँग नधोएको मासु, बासी भोजन, खराब भोजन, एकदमै तिखो र मसालेदार भोजन आदि।

सुश्रुत संहिता अनुसार –
आयुर्वेदज्ञ सुश्रुत अनुसार रोगोपचारमा शरीरको पुष्टि हेतु कहिलेकाहिँ मांसाहार गर्नु जरूरी हुन्छ। सुश्रुत संहिता अनुसार मासु, लसुन र प्याज औषधीय पदार्थहरु हुन्। औषधि कुनै पनि बिरामीको उपचारको लागि हुन्छ। हाम्रो जिह्वाको स्वादको लागि यो नियमित सेवन गर्न भने हुँदैन।

आज पनि माछाको तेल, सर्पको बिषद्वारा अनेक औषधिको निर्माण हुन्छ। यसैगरी बाख्राको हड्डीको रस र खरायोको रगतको समेत औषधीय उपयोग हुन्छ। यिनको उचित सेवनद्वारा रोग नष्ट हुन्छ। यसैगरी यो देखिएको छ कि कुनैपनि विशेष रोगमा केही पशुहरुको मासु, हड्डी या अन्य अङ्गहरुको उपयोग हुन्छ।

पशु बलि प्रथा –
देवताहरुलाई प्रसन्न गराउनको लागि बलिको प्रयोग गरिन्छ। बलि प्रथा अन्तर्गत बोका, मुर्गा या भैंसीको बलि दिने प्रचलन छ। हिन्दू धर्ममा खासगरी माता काली र काल भैरवलाई बलि चढाइन्छ। विद्वानहरुको मान्यता यो छ कि हिन्दू धर्ममा लोक परम्पराको धाराहरु समेत जोडिन्छ। त्यसलाई हिन्दू धर्मको हिस्सा मान्ने गरिन्छ।

बलि प्रथा कहिलै पनि सबै हिन्दू धर्ममा दिईंदैन। यो प्रथाको प्रचलन हिन्दूहरुको शाक्त र तान्त्रिकहरुको सम्प्रदायमा नै देख्न पाइन्छ। तर, यसको कुनैपनि धार्मिक आधार छैन। शाक्त या तान्त्रिक सम्प्रदाय आफ्नो शुरुआतदेखि नै यस्तो थिएनन्। तर, आफ्नो इच्छा पूर्ति गर्नको लागि ती सम्प्रदायमा जोड दिएको छ। पशुबलिको यो प्रथा कहिले र कसरी प्रारम्भ भएको छ। भन्न कठिन छ, तर यति कुरा भने तय भएको छ कि यो वेद, गीता, उपनिषद या पुराणको देन भने होइन।

दुई मार्ग छ आत्मा र शरीरको –
अतत: हाम्रो सामु दुई मार्ग रहेको छ। पहिलो हो आत्माको मार्ग। दोस्रो हो शरीरको मार्ग। यदि तपाई आत्माको मार्गमा चल्न चाहन्छन्। हामीहरु आफ्नो जीवनमा सात्विक भोजन, गुण र कर्मलाई अपनाउनु जरूरी हुन्छ। यदि हामी सांसारिक मार्गमा चलेर शरीरलाई पुष्‍ट गराउन चाहन्छौं भने हामी पहिले तय गर्न पर्छ कि के खानुपर्छ। के खानु हुँदैन।

हिन्दू धर्म मांसाहार खानाको सलाह या अनुमति दिँदैन। खासगरी हिन्दू धर्ममा अश्‍व, नर, गाय, श्वान, सर्प, सुँगुर, सिंह, गज र पवित्र पंक्षी (हंसादि) को मांस खानु घोर पाप मानिएको छ।
-हाम्रकुरा डटकमवाट साभार

Comments

comments

सम्बन्धित शिर्षकहरु