प्रहरीसँगको मुठभेडमा विप्लवका जिल्ला इन्चार्ज मारिए

काठमाडौं । प्रहरीसँगको मुठभेडमा नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्जको मृत्यु भएको छ । भीडन्तमा जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पाेखरेलले जानकारी दिनुभयाे । प्रहरीले उनको साथबाट हतियारसमेत बरामद गरेको दाबी गरेको छ ।

पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताउनुभयाे ।

चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना फरार रहेको भएका छन् । प्रहरीका अनुसार मृतकको साथबाट २ थान कटुवा पेस्तोल र गोली बरामद गरिएकाे छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु