मेलबर्न र सिड्नीमा १० प्रतिशतले घट्यो घर जग्गाको मूल्य

अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा घरजग्गाको मूल्य गत वर्ष भन्दा भारि प्रतिशतले ओरालो लागेको छ । सिड्नीमा घरजग्गाको मूल्य गत वर्ष भन्दा १०.३ प्रतिशतले घटेको छ । यो वर्षको पहिलो चार महिनामा नै सिड्नीमा घर जग्गाको मूल्य ३.९ प्रतिशतले घटेको छ ।

त्यस्तै, मेलबर्नमा घर जग्गाको मूल्य गत वर्ष भन्दा ९.४ प्रतिशतले ओरालो लागेको छ । गत तीन महिनामा मेलबर्नमा घर जग्गाको मूल्य ३.८ प्रतिशतले घटेको छ । समग्रमा अष्ट्रेलियाको हाउजिङ्ग मार्केटमा १७० बिलियन डलरको गिरावट आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु