टिपरको ठक्कर भक्तपुरमा स्कुटर चालकको मृत्यु

भक्तपुर । टिपरको ठक्करमा परी एक स्कुटर चालकको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायकमा जगातीबाट साँगातर्फ जादै गरेको बा ४ ख ५६७१ नं को टिप्परमा दिशा तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००३ प १२६६ नं को स्कुटर ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल न.पा. ९ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.८ सिपाडोल बस्ने बर्ष ३७ वर्षीय पदम बहादुर श्रेष्ठ घाइते भएका थिए। घाइतेको उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा पौने १ बजे मृत्यु भएको हो। टिपर चालक रामेछापका लोक बहादुर श्रेष्ठ र दुवै सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु