देउवाले पहिला बोल्न नपाएपछि संसद अवरुद्ध’कसले अघि र कसले पछि बोल्ने भन्ने दुवै गैरजिम्मेवार’

काठमाडौ । काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिए ।

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।
संङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन् । सञ्चारकर्मीले राखेको जिज्ञासामा सङ्घीय संसद् भवनबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने “प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढङ्गले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो”, । उनले सो घटनाको भत्र्सनासमेत गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु