सिड्नीमा भानु जयन्ती भव्य-”योगदानकर्तालाई भानु अवार्ड “

सिड्नी, असनेपालन्युज । प्रत्येक वर्षझै यस वर्ष पनि २०६ अाैँ भानु जयन्तीको अवशर पारेर नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले अष्ट्रेलियाको सिड्नीमा अवस्थित १० कार्लटन, ग्र्यानभिल, टाउनहलमा एक विषेश कार्यक्रमको अायोजना गरेको छ ।

सो अवसरमा साहित्य . कला र सन्स्कृति विधामा भानु अवार्ड वितरण , रचाना वाचन , गीत , संगित , नाच र नेपाली साहित्य तथा भानु भक्तको चर्चा गरिएको थियो । कार्यक्रममा साहित्य र संस्कृतिका तर्फका ४ जनालार्इ उक्त अवार्ड प्रदान गरीएको हो ।

‘भानु अवार्ड -2019’ सर्जक भीमसेन सापकोटालाई

लामो समयदेखि अष्ट्रेलियामा रहेर विभिन्न माध्यमबाट नेपाली भाषा साहित्य , संष्कृति र अध्यात्मको गरिमा र प्रचार गर्दै अाउनुभएका साहित्यकार भीमसेन सापकोटा(आचार्य राजन शर्मा )लार्इ साहित्य तर्फको “भानु अवार्ड-2019” प्रदान गरीएको थियो ! सापकोटाको चर्चित उत्प्रेरणात्मक कृति “सुखसूत्र ” को अलावा “प्रश्नमा ईस्वर ‘, “भात्किएको पर्खाल “सफलताकासूत्र’, “पर्यावरण पर्यटन “, थुप्रै फुटकर कृति , लाखौंंले अवलोकन गरेको “यु ट्युब ‘च्यानल ‘ The Mind Power Socity” रहेको छ । भने भीमसेन गुरूङ, साहरा पाण्डे र अग्रिम घिमिरेलार्इ संस्कृति तर्फको भानु अवार्ड प्रदान गरीएको थियो ।

सर्जक भीमसेन सापकोटा(आचार्य राजन शर्मा )लाई ‘भानु अवार्ड-२०१९” प्रदान गरिंदै । न्यूसाउथ वेल्सका महावाणिज्यदूत दीपक खड्का,कम्बरल्याण्ड काउन्सिलका डेपुटी मेयर ग्लेन एलमोर, सांसद जुली ओवेन्स तथा राज्य सांसद जुलिया फिनले , प्रसिद्द साहित्यकार ज्ञानउ वाकर र नेपाली कला–संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत के ,सि तथा समुदयका अग्रजहरु !

नेपाली राष्ट्रिय गानबाट सुरू भएको उक्त कार्यक्रम भानु अवार्ड हस्तान्तरणमा अाएर टुङ्गिएको थियो । यस बीचमा थरीथरिका गीत, नृत्य र कविताहरूले कार्यक्रमलार्इ मनोरंजनात्मक बनाएको थियो । कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहनुका साथै केहि गैरनेपाली अतिथिहरू पनि उपस्थित भएका थिए । संस्थाका प्रवक्ता रमेश बानियाँले  संचालन गर्नुभएको यस कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलको ‘अनुदित मन’ नामक पुस्तकको पनि विमोचन गरिएको थियो।

सो अवसरमा साहित्यकार तथा सर्जकहरु ज्ञानु वाकर , भीमसेन सापकोटा , सुजाता केसी , जानकी पौडेल , रमेश वानिंया , सीमा रोशी , राजेश्वर घिमिरे , अरुण रेग्मी लगायत विभिन्नले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।

 

नेपाली भाषासाहित्यको संरक्षणमा नपाली कला–संस्कृति तथा साहित्य प्रतिष्ठान(NKSSP)को योगदानलाई कदर गर्दै न्यूसाउथ वेल्सका महावाणिज्यदूत दीपक खड्काले धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी कम्बरल्याण्ड काउन्सिलका डेपुटी मेयर ग्लेन एलमोरले पनि आफ्नो माैलिक भाषा साहित्यलाई विदेशी भूमिमा पनि माया र संरक्षण गर्दै अाएकोमा संस्थालाई धन्यवाद दिए साथै अतिथिद्वय सांसद जुली ओवेन्स तथा राज्य सांसद जुलिया फिनले पनि नेपाली कला–संस्कृति तथा साहित्य प्रतिष्ठानको यस कदमलार्इ उच्च सम्मानका साथ धन्यवाद दिए । सो अवसरमा साहित्यकार तथा सर्जक ज्ञानु वाकर , भीमसेन सापकोटा , सुजाता केसी , जानकी पौडेल , रमेश वानिंया , सीमा रोशी , राजेश्वर घिमिरे , अरुण रेग्मी लगायत विभिन्नले आ-आफ्नो रचना नेपालीमा र सीमा रोशिले अङ्रेजीमा वाचन गर्नु भएको थियो ।

नेपाली कला–संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत केसीले कार्यक्रमलाई सफल पार्नका निमित्त सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई विशेष धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु