निर्माणाधीन भवनको ढलान भत्किँदा तीन मजदुरको मृत्यु

दाङ । जिल्लाको सम्राट सिमेन्ट उद्योगको भवन भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ । भवन निर्माणका गर्ने क्रममा भवनको भत्कँदा तीन भारतीय मजदुरको मृत्यु भएको उद्योगले जनाएको छ । शनिबार मध्यराति डेढ बजेतिर लमही नगरपालिका वडा नम्बर ७ स्थित उद्योगको निर्माणाधीन भवन भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौँ तलाको ‘सट्रिङ’ भत्किएको हो। प्रहरीका अनुसार घटना राति २ बजे भएको हो। घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ। उद्योगका अनुसार ती मजदुरहरूले पाँच तलामाथि भवन निर्माणको काम गरिरहेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु