इङ्ल्याण्डको फराकिलो जित, वेस्ट इण्डिज पराजित

एजेन्सी । विश्वकप क्रिकेट अन्तरगत आयोजक इङ्ल्याण्ड र वेस्ट इण्डिजबीच भएको खेलमा इङ्ल्याण्ड विजयी भएको छ। जोय रूट चम्किँएपछि बिहिबार भएको खेलमा इङ्ल्याण्डले वेस्ट इण्डिजमाथि ८ विकेटको फराकिलो जित हासिल गरेको हो।

टस जितेर फिल्डिङ रोजेको इङ्ल्याण्डलाई वेस्ट इण्डिजले पहिले ब्याटिङ गर्दै ४४.४ ओभरमा अल आउट हुँदै २१३ रनको लक्ष्य दिएको थियो। रुटले यस संस्करणमा दोस्रो शतक प्रहार गरेपछि इंग्ल्याण्डले २१३ रनको लक्ष्य ३३.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि फास्ट बलरद्वय जोफ्रा आर्चर र मार्क उडको ३-३ विकेट अनी रुटले २ विकेट लिएपछि वेष्ट इन्डिज २१२ रनमै अलआउट भएको थियो।इङ्ल्याण्डको जितमा जोय रूटले शतकिय पारी खेले। उनले ९४ बल खेल्दै शतक प्रहार गरेका हुन्। यसक्रममा उनले ११ चौका प्रहार गरे। त्यसैगरी जोनी बेयरस्टोले ४५ रनको योगदान दिदां क्रिस वोक्सले ४० रन बनाए भने बेन स्टोकले १० रन बताएका थिए। वेस्टइ इण्डिजका लागि शानोन ग्याब्रियलले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजका लागि निकोलस पोरनले सर्वाधिक ६३ रन जोडे भने शिम्रो हेटमायरले ३९, क्रिस गेलले ३६, आन्द्रे रसेलले २१ तथा कालर्लोर वार्थनेटले १४ रन जोडेका थिए।

वेस्ट इण्डिजको पारीलाई सस्तैमा समेट्ने क्रममा इङ्ल्याण्डका लागि जोफ्रा आर्चर र मार्क उडले समान ३- ३ विकेट लिए भने जोय रूटले २ विकेट लिए। यस्तै क्रिस वोक्स र लायम प्लुङ्केटले पनि १-१ विकेट लिए। तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लेको हो। साविक विजेता अष्ट्रेलिया को पनि समान ६ अंक रहेपनि इंग्ल्याण्ड रनरेटको आधारमा अगाडि रहेको हो। उता दोस्रो हारपछि ४ खेलबाट ३ अंक रहेको वेष्ट इन्डिज छैटौँ स्थानमा छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु