आइतबार काठमाडौं जिल्लाका सम्पूर्ण निजी विद्यालयमा बिदा (सूचना सहित)

काठमाडौं । आइतबार काठमाडौँ जिल्ला अन्तगत रहेका सम्पूर्ण निजी विद्यालयमा बिदा हुने भएको छ । निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले एक सूचना जारी गर्दै असार १ गते सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।

काठमाडौँका सहसचिव एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते आइतवार काठमाडौँका सम्पुर्ण निजी विधालयहरुमा बिदा दिने निर्णय गरिएको जानकारी दिइएको छ ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपिल गरेका छन् ।

सम्बन्धित शिर्षकहरु