गोरु काटेर धरौटीमा छुटेकालाई वडा परिक्रमा गराई अभिनन्द

धरान । गोरु काटेको अभियोगमा पक्राउ परि धरौटीमा छुटेकालाई अभिनन्द गरिएको छ । पक्राउ जिल्ला अदालत सुनसरीबाट धरौटीमा छटेकाहरुलाई ढाका टोपी लगाएर सम्मान गदै जनअभिनन्दन गरिएको हो । पक्राउ परेर छुटेका निमा शेपा,आशिक राई, र तिलक राई बराहक्षेत्र नगरपालिका–३ नडाहामा खादा, अबिर र ढाका टोपी लगाएर जन अभिनन्दन गरिएको छ । पक्राउ परेको एघार दिनपछि धरौटीमा रिहाइ भएका तीनै जनालाई वडा परिक्रमा गराई कोणसभा समेत गरिएको थियो ।

अभिनन्दनपछि कोणसभामा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुबास हुक्पाचोङ्बाङले संविधानमै संविधानसँग बाझिएको कानुन अमान्य हुने उल्लेख भएको जनाउँदै गोरु काट्दा पक्राउ गर्नु संविधान बिपरित भएको दाबी गरे ।

कार्यक्रममा किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष सञ्जय राईले धर्म निरपेक्षमा पनि मरेको गोरु काट्दा पक्राउ पर्नु घोर आपत्ति भएको बताए । राईले भने– खुल्ला रूपमा गोरु काटेर बेचेर खान नपाउने हो भने के को धर्म निरपेक्ष ? गोरु काटेको अभियोगमा जेठ १७ शुक्रवार अस्थायी प्रहरी चौकी बाङ्गेले पक्राउ गरि इलाका प्रहरी कार्यालय महेन्द्र नगरले मुलिकी संहिता ऐनको चौपाया महल अनुसार मुद्दा दर्ता गराएको थियो । जनही पच्चीस हजार रुपैया धरौटीमा एघारौं दिनमा छुटेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु