फिफाको नयाँ वरीयतामा नेपाल चार स्थान खस्कियो

काठमाडौं । विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । नेपाल यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो ।

याँ वरीयता अनुसार नेपाल दक्षिण एसियाली स्तरमा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेका छन् । नेपालभन्दा तल बंगलादेश १ सय ८३ औंँ, भुटान १ सय ८६ औंँ, श्रीलंका २ सय १ औँ र पाकिस्तान २ सय ३ औंँ स्थानमा रहेका छन् । विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंङ्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु