चक्रवाती ‘वायु’ आउने पूर्वानुमान,प्रभाव आज नेपालमा पर्ने, हावाहुरी र वर्षा हुने

काठमाडौ । भारतको उत्तरपूर्वी क्षेत्र गुजरातमा आज चक्रवाती ‘वायु’ आउने पूर्वानुमानले आतंक मच्चिएको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले दाबी गरेका छन् । मौसमविद्ले, ‘‘चक्रवाती वायु नै नेपाल आइपुग्ने सम्भावना छैन । तर, वर्षा भने हुन सक्छ । त्यसको असरले आउने जलवाष्प र वर्षा अपरान्हतिर हुन सक्छ ।’’ आज बिहान भारतको उत्तराखण्ड हुँदै आएको पश्चिमा वायु भने फरक भएको मौसमविद् बताएका छन् । सो वायुको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा देखिएको छ । भारतमा विकसित भएको चक्रवाती तूफानको सामान्य प्रभाव आज नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद मञ्जु बासीले चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिइन् । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उनले बताइन् ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ । यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु