अष्ट्रेलियाको तेस्रो जीत,वार्नरको शतक

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले तेस्रो जित निकालेको छ। बुधबार भएको खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने मैदानमा आएको पाकिस्तानको पूरै टोली ४५.४ ओभरमा २६६ रनमा समेटिएपछि नतिजा अष्ट्रेलियाको पक्षमा गयो।

पाकिस्तानका लागि किस्तानका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद हाफिजले ४६, वाहब रियाजले ४५ तथा कप्तान सर्फराज अहमेदले ४० रन बनाए। हसन अलीले ३२ रन जोड्दा बाबर आजमले ३० रन बनाए। अष्ट्रेलियाका पाट कुमिन्सले ३ विकेट लिए । यस्तै केन रिचार्डसन र मिचेल स्टार्कले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन बनाएको थियो। अष्ट्रेलियाको लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेले। एक वर्षे प्रतिबन्धबाट फर्किएका वार्नरले ११ चौका र १ छक्काको मद्दतले १ सय ७ रन बनाए। पाकिस्तानका मोहमद आमिरले ५ विकेट लिए। यस्तै शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि,वहाव रियाज र मोहमद हफिजले समान १/१ विकेट लिए।

जितसँगै अस्ट्रेलिया अंक तालिकाको दोश्रो स्थानमा उक्लेको छ। ४ खेलमा ३ मा जित हासिल गरेको अस्ट्रेलियाले ६ अंक जोडेको छ। यस्तै समान खेल खेल्दै पाकिस्तान १ जित २ हार तथा १ बराबरीसहित आठौं स्थानमा रहेको छ। उसले ३ अंक जोडेको छ। अंक तालिकाको शीर्ष स्थानमा ३ मा ३ जित सहित न्यूजिल्याण्ड रहेको छ। ३ खेलबाट न्यूजिल्याण्डको ६ अंक रहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु