शौचालयको सेफ्टीट्यांकीमाथि खस्दा चार विद्यार्थीको मृत्यु

काठमाडौं ।  शौचालयको सेफ्टीट्यांकीमाथि खस्दा चार विद्यार्थीको मृत्यु भएको छ । दार्जुलाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको हो । दार्जुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको थियो ।

अपराह्न करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहँदा ट्यांकी भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन्।

अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए।
विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको सेतोपाटीलाई बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु