विप्लव निकट अखिल क्रान्तिकारीद्धारा शैक्षिक हड्तालको घोषणा

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।  अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता प्रकाउ गरिएको भन्दैअसार ६ गते देखि विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘देशैभरीबाट गैह्रन्यायीक गिरफ्तार गरिनु भएका हाम्रो संगठनका सबै कमरेडहरुलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं । साथै उहाँहरुको रिहाईको निम्ति निम्न चरणबद्ध संघर्षका कार्यक्रमहरु जस्तै जेठ ३० र ३१ गते स् देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा । असार १, २ र ३ गते स् जुलुस प्रदर्शन ।

असार ४ गते स् देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम ९९ बजेदेखि १० बजेसम्म । असार ५ गते स् देशव्यापी मसाल जुलुस । असार ६ गते स् गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा गरिने छन् ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु