मेघ गर्जन र हावाहुरी सहित वर्षा गराउने बादल चितवनतिर,यस्तो रहन्छ आगामी तीनदिन

काठमाडौं । हावा हुरी ल्याउने बादल अहिले अहिले पर्सा तथा चितवनतिर आएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले केही बेरअघि भनेको छ, ‘‘हाल चितवन, पर्सा तथा यसको आसपासका क्षेत्रहरुमा मेघ गर्जन र हावाहुरी सहित वर्षा गराउने बादल विकसित भरिरहेको छ । यो प्रणाली झन् सक्रिय हुँदै उत्तर पूर्व सर्ने क्रममा रहेको छ ।’’

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)
दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु