“सिड्नी सपना ” माथि सिड्नीमा परिचर्चा :

असनेपालन्युज ,सिड्नी 1 आँफ्नै आस-पास र परिवेशमा लेखिएको एक कृति’ सिड्नी सपना’लाई सिड्निमा एक समारोहका विच स्वागत तथा चर्चा गरिएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाई साहित्य कर्ममा लागेकी सानु घिमिरे ज्योत्सनाको उपन्यास “सिड्नी सपना ”  माथि सिड्नीमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एन एस डव्लु अस्ट्रेलियाले आयोजना गरेको सो कार्यक्रम यहि जून ९ गते आईतबार सिड्नी स्थित क्याम्प्सीमा  भएको थियो।

सो कार्यक्रममा सिड्नी सपनामाथि समिक्षा गर्दै समालोचक जीवनाथ लम्सालले सिड्नी सपना अस्ट्रेलियाको डायस्पोराको मात्र कथा नभई नेपालीहरु आप्रवासी भएर गएको प्रत्येक डायस्पोराको कथा भएको बताए । उत्तर आधुनिक तत्वहरु रहेको यो उपन्यासमा भएका पात्रहरुको चयन र नामलाई समेत संकेतमा प्रयोग गरिएको भन्दै भाषा र उखान चयनमा भने लेखकले ध्यान दिनु पर्ने सुझाब दिए ।
अर्का समिक्षक साहित्यकार सुरेन्द्र दवाडीले यो उपन्यासले डायस्पोरा भित्रकै अर्को डायस्पोरा अर्थात अबैधानिक नेपालीहरु बसोबास गरिरहेको अस्ट्रेलियाको फार्मको जिन्दगीसंग उपन्यास मार्फत साक्षात्कार गराएको बताए । मुख्य पात्रको संघर्ष र कथा मार्फत महिलाहरुले आफ्नै लागि बाच्नु पर्छ भन्ने संदेश दिएको भन्दै ती कुराहरु यो उपन्यासको शशक्त पक्ष रहेको बताए । भाषिक कलालाइ अझ सुधार गर्न सुझाब दिदै ,यौनका कुरा साहित्यमा सांकेतिक रुपमा राख्न सक्नु पर्थ्यो , पात्रहरुको भूमिकामा अस्पष्टता रह्यो भन्ने सल्लाह दिए । भर्खरै अष्ट्रेलिया आउने विद्यार्थि भाईबहिनीहरु,साथै अभिभावकहरुको निम्ती यो पुस्तक  सांच्चैनै उपयोगि हुने पनि बताए। शुभकामना मन्तव्यको क्रममाअनेसासका केन्द्रिय उपाध्यक्ष तथा उत्प्रेरक भीमसेन सापकोटा(आचार्य राजन शर्मा )ले चेतना विहीन स्वतन्त्रता कै कारण परदेशिएका युवाहरुको सपना गन्तव्य नपुग्दै अल्झिने गरेको तर सम्यक दिनचर्या , आत्मअनुशासनको अभ्यासले र सन्तुलित जीवनले मान्छे महान हुनसक्ने जोड दिनु भयो । यसका लागि आफु जहां पुगे पनि जीवनलाई संधैं उज्यालो पक्ष बाट हेर्न सबैलाई प्रेरित गर्नु भयो । उहांले लेखिका लाई बधाई दिंदै साहित्य फल्न र फुल्ने बातावरण जुराइदिएकोमा नेपाली समुदाय प्रति सिड्नी सबै सर्जक र साहित्यकार आभारि रहेको बताउंनु भयो ।  
कार्यक्रममा बोल्दै सिड्नी सपनाकी लेखिका सानु घिमिरे ज्योत्सनाले आफूले अस्ट्रेलियामा देखेका भोगेका र सुनेका कथाहरुलाई समेटेर आफूले तयार पारेको यो उपन्यासलाइ सिड्नी र अस्ट्रेलियाका पाठकहरुले कस्तो रुपमा ग्रहण गर्छन् भन्ने उत्सुकता रहेको बताइन् ।साथै पुस्तक पढेर रचनात्मक सुझाबको अपेक्षा सहित  सबै साहित्यअनुरागी महानुभावहरु प्रति आभार प्रकट गर्दै धन्यबाद दिइन।
कार्यक्रममा एनआरएन अभियन्ता दिनेश पोख्रेल , अनेसास एनएसडब्लुकी उपाधक्ष्य ममता तिवारीले सिड्नी सपनाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रमको अध्यक्ष्यता गरेका अनेसास एनएसडब्लुका अध्यक्ष महेश्वर शर्माले अनेसास एनएस डव्लु अष्ट्रेलियाको साहित्यिक गतिबिधिहरुको चर्चा गर्दै उपन्यासको सफलताको कामना गरे । कार्यक्रमको संचालन एनआरएन अभियन्ता तथा संचारकर्मी बिनोद पौडेलले गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु