‘हेल्प मातृभूमि’ नाराको साथ भीएफएमको च्यारिटी गाला डिनर,‘मिडिया पार्टनर’ असनेपाल

अस्ट्रेलिया । भिजन फर मोटिभेसन अस्ट्रेलिया (भीएफएम) को व्यवस्थापनमा अस्ट्रेलियामा हेल्प मातृभूमि च्यारिटी गाला डिनर कार्यक्रम हुने भएको छ । हेल्प मातृभूमि–१ को सफलतापछि भीएफएमले दोस्रो पटक कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । २२ जुन शनिबार आयोजना हुने उक्त गाला डिनर रेड क्याप्सिकम रकडेलमा हुनेछ ।

कार्यक्रमको मिडियाको मिडिया पार्टनरमा असनेपाल न्युज रहेको छ । कार्यक्रममा बार्डन क्षेत्रबाट नवनिर्वाचित सांसद लिन्डा बुर्नो, अस्ट्रेलियाका लागि नेपाली काउन्सिलर दिपक खड्कालगायत लब्धप्रतिष्ठत व्यक्तित्वहरुको डिनरमा सहभागिता रहने जनाईएको छ ।

साँझ ५ ४५ बजेवाट सुरु हुने कार्यक्रममा लाइभ म्युजिक इन्टरटेन्टमेन्ट रयाफल्स, अक्सनका आधारमा डोनेशन र भीएफएमको सांस्कृतिक समूहले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछ । प्रवेश शुल्क २९,४९ र ९९ अस्ट्रेलियन डलर राखिएको छ । सम्पूर्ण अस्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु