सलमान खान अभिनित ‘भारत’ वक्सअफिसमा हिट

काठमाडौं । ईदको अवसरमा रिलिज भएको सलमान खान अभिनित ‘भारत’ वक्सअफिसमा हिट सावित भएको छ। सिनेमाले रिलिजको पहिलो दिननै सलमानका यस अघिका सिनेमाको व्यापारलाई पछाडि पारेको छ। विश्वकप क्रिकेट, त्यसमा पनि भारतको खेलका कारण कमाइमा असर पर्ने पूर्वानुमान समेत गलत सावित गर्दै बक्स अफिसका विभिन्न रेकर्ड तोडेको हो ।

फिल्म सलमानको करियरमै पहिलो दिन धेरै कमाउने सावित भएको छ। यो प्रेमका लागि सलमानले ट्वीटमार्फत् धन्यावाद दिएका छन्।

पहिलो दिनमै ४२ करोड ३० लाख भारतीय रुपैयाँ संकलन गरेको छ। इदकै अवसरमा यसअघि रिलिज ‘सुल्तान’ले ३६ करोड ५४ लाख र ‘टाइगर जिन्दा है’ले ३४ लाख १० करोड पहिलो दिन कमाएका थिए।
‘भारत’ रिलिजको दिनमा सर्वाधिक व्यापार गर्ने सलमानको पहिलो सिनेमा बनेको छ। सिनेमाले रिलिजको दिन ४२.३० करोड भारूको कमाइ गर्दै यस्तो रेकर्ड बनाएको हो।

यसअगाडि ‘प्रेमरतन धन पायो’ले रिलिजको दिन ४०.३५ करोड भारू कमाएको थियो। सिनेमा विश्वभरका ७० देशका १३ सय पर्दामा रिलिज भएको थियो। अलि अव्बास जफर निर्देशित सिनेमाको २ दिनमा ७३.३० करोड भारूको कमाइ गरेको छ।

सिनेमाले दोश्रो दिन ३१ करोड भारू कमाइ गरेको छ। यो कमाइ भारतको घरेलु वक्सअफिसको हो। सिनेमाले आइतबारसम्म डेढ सय करोड बढि निकटको व्यापार गर्ने अनुमान गरिएको छ।

सम्बन्धित शिर्षकहरु