प्रधानमन्त्री ओली एक हप्ता लामो युरोप भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज (शनिबार) त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओलीले एक हप्ता लामो युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् । त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भ्रमण पूरा गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बेलयती प्रधानमन्त्री टेरिजा मे को निम्तोलाई स्वीकार गर्दै ओलीले बेलायतसहित युरोपियन देशको भ्रमण योजना बनाएका छन् । ओलीलाई भ्रमणको निम्तो गर्ने बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने क्रममा छिन् । उनले प्रधानमन्त्री पदबाट औपचारिक राजीनामा दिइसकेकी छैनन् तर सत्तारुढ पार्टीको नेताबाट हटेकी छन् । नयाँ प्रधानमन्त्रीका लागि नेता चयन गर्न उनले बाटो खोलेकी छन् ।

पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदैछ । त्यसैले पनि ओलीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु