खारेजी भएको एक साता नबित्दै एआइबिटी इन्टरनेसनल कलेजको खारेजी फिर्ता

अस्ट्रेलिया । एआइबिटी इन्टरनेसनलको कलेजको खारेजी फिर्ता भएको छ । करिब एक हजार नेपाली विद्यार्थी पढ्दै गरेको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेसनल प्रालि (एआइबिटी इन्टरनेसनल) खारेजी भएको एक साता नबित्दै पुनस् सञ्चालनमा आउने भएको छ। अदालती प्रकृयामा कलेज प्रशासन गएपछि सुनुवाइ हुनुअघिनै आस्क्वाले आफ्नो निर्णयमाथि पुनर्विचार गर्दै फिर्ता लिएपछि कलेज पुन: सञ्चालनमा आउने भएको हो।

तीन महिना अगाडि एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थीहरु अलपत्र परेका थिए । अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा) ले दर्ता खारेजी गर्ने निर्णय गरेपछि खारेजीविरूद्ध कलेज प्रशासन संघीय अदालतमा पुगेको थियो। इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी मे १५ मा VET र CRICOS को दर्ता खारेजी गर्ने सूचना प्रकाशित गरेको थियो ।

एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा खारेजीमा परेको थियो। दुवै कलेज एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन्। यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थीहरु अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुनस् सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो ।

एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुन सोचनिय बन्यो र नेपालमा पनि सबैतिर यसको तरङग फैलियो। यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका बेला पुन एआइबिटीको खारेजीको असरमा अरु हजारौं नेपाली विद्यार्थीहरू पर्ने अवस्था देखिएको थियो।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु