अष्ट्रेलियाको डार्बिन सहरमा बन्दुकधारीको आक्रमण,चारजनाको मृत्यु

अष्ट्रेलिया । उत्तरी अष्ट्रेलियाको डार्बिन सहरमा एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। अष्ट्रेलियाका प्रहरी अधिकारीका अनुसार एक मंगलबार एक बन्दुकधारीले अन्दाधुन्द गोलीबारी गरेपछि कम्तिमा चारजनाको मृत्यु भएको हो। एक पसलमा बन्दुकधारी पसेर अन्दाधुन्द गोलीबारी गरेको बताइएको छ। बन्दुकधारी भने भागेका थिए।

करिब एक घण्टापछि उक्त हमलावर पक्राउ परेको प्रहरीले बताएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त घटनाको आतंकवादी हमलासँग कुनै सम्बन्ध नभएको बताएका छन्। प्रहरीका अनुसार उक्त हमलामा एक व्यक्ति मात्रै संलग्न थिए। त्यसैले अन्य व्यक्तिको खोजि कार्य बन्द गरिएको छ। उत्तरी अष्ट्रेलियाका प्रहरी अधिकारी मोर्गनले उक्त हमलामा मृतकको पुष्टि गरेका छन् भने दुईजना घाइते भएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु