अष्ट्रेलियाको पूर्वी सिड्नीमा भारी हिमपात र वर्षा

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीको पूर्वी क्षेत्रमा मंगलवार विहानैदेखि बाक्लो हिमपात भएको छ । हिउँदे याम शुरु भएसँगै अष्ट्रेलियाका धेरै क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण पूर्वी सिड्नी र हिमाली क्षेत्रका जनजीवन प्रभावित भएको छ । सडकमा हिउँ जमेका कारण यातायातमा समेत समस्या भएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

मौसम विभागले मंगलवार विहान ५ बजे नै एक चेतावनी जारी गरी सिड्नीको पूर्वी क्षेत्रमा सवारी चलाउनेहरुले विशेष सावधानी अपनाउन सुझाएको छ । त्यस क्षेत्रमा भारी वर्षात समेत हुने पूर्वनुमान गरिएको छ । विहान ८ः३० सम्ममा त्यस क्षेत्रबाट दुई वटा कारहरुलाई उद्दार गरिएको आकस्मिक एम्बुलेन्स सेवाले जनाएको छ । हिउँमा चिप्लिएर एउटा कार पोलमा र अर्को एउटा सडक बारमा ठोकिएर दुर्घटना भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु