लोकसभामा २३३ सांसदमाथि आपराधिक मुद्दा, मोदीको पार्टीका मात्रै ११६ जना

भारत । भारतको लोकसभाका नयाँ सांसदमध्ये झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म (एडीआर) नामक गैर सरकारी संस्थाले गरेको अध्ययन अनुसार ५ सय ३९ विजयी उम्मेद्वारमध्ये २ सय ३३ अथार्त ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको छ ।

पार्टीगत रुपमा हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ११६ सांसदमाथि आपराधिक मुद्दा रहेको छ । त्यो उसको कुल विजयी सांसदको ३९ प्रतिशत हो । त्यस्तै कांग्रेसका २९ जना माथि अदालतमा मुद्दा चलिरहेको छ । सबैभन्दा धेरै मुद्दा लागेका सांसद जेडीयूका छन् ।

नितिश कुमारको पार्टीका कूल विजयीमध्य ८१ प्रतिशत अर्थात १० सांसदमाथि आपराधिक मुद्दा छ । त्यसबाहेक डीएमकेका १० जना (४३ प्रतिशत), टीएमसीका नौ जना(४ प्रतिशत) सांसद पनि विभिन्न आपराधिक मुद्दामा मुछिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु