कुन स्थानीय तहका लागि कति बजेट, तपाईंको पालिकालाई कति ? (विवरण सहित)

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ को बजेटले गरेको व्यवस्थाअनुसार प्रदेश र स्थानिय तहमा ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबर विनियोजन गरेको छ। आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई छुट्याएको बजेट चार किस्तामा हस्तान्तरण गर्नेछ ।

वित्तीय समानीकरण अनुदानका रुपमा छुट्याएको रकमलाई प्रदेश र स्थानीय तहले आफैं कार्यक्रम बनाएर खर्च गर्न सक्नेछन् । जसमध्ये प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानिय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ा लाख रुपैयाँ बराबर विनियोजन गरेको छ।

स्थानिय तहमा गएको बजेट मध्ये महानगरपालिकामा ७ अर्ब ७५ करोड ११ लाख, उपमहानगरपालिकामा ७ अर्ब ९९ करोड ५२ लाख, नगरपालिकामा ९५ अर्ब २८ करोड ९९ लाख र गाउँपालिकामा १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु