अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली प्रहार,११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली चलेको छ । गोली प्रहारवाट कम्तीमा ११ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली हानेका हुन् । स्थानीय प्रहरीका अनुसार गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्यूनिसिपल सेन्टरका कर्मचारी रहेका छन् ।

प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । तर उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा एक प्रहरी पनि घाइते भएका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु