राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल नियुक्त

काठमाडौं । भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पटवाललाई १ बर्षको लागि मुख्य प्रशिक्षक जिम्मेवारी दिएको हो । पटवालले मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । पटवालको पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराउने छ।

नेपालमा आयोजना हुने साग गेम्सलाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको बताईएको छ । पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक थिए।

पटवालले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए । यस्तै पटवालले पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेटको प्रतियोगिता निर्देशक भएर काम गरेका थिए । यसअघि पटवालले अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु