‘ह्वाइट हाउस’ अगाडि आफैँलाई आगो लगाएर आत्महत्या !

एजेन्सी । अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ अगाडि आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका आर्नभ गुप्ता नाम गरका युवकको बिहिबार मृत्यु भएको छ । बुधबार दिउँसो ३३ वर्षीय गुप्ताले एलिपस पार्कमा आफैँलाई आगो लगाएका थिए । सो युवकले आफैँलाई आगो लगाएको थाहा पाएलगत्तै प्रहरीले आगो निभाउने प्रयास गर्यो र उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो । तर, उनको शरीरको ८५ प्रतिशत भाग जलिसेकाले थियो ।

अमेरिका सञ्चारमाध्यमअनुसार, नेशनलल पार्क सर्भिस र अमेरिकी पार्क प्रहरीले व्यक्तिको आगो निभाउने प्रयास गरेका थिए । स्थानीय समयअनुसार, विहानको साढे ९ बजेतिर सो युवकको परिवारलाई उनी हराएको सुचना प्रहरीलाई दिएको थियो । त्यसको करिब तीन घण्टापछि गुप्ताले आफूलाई आगो लगाएका थिए । एलिपस पार्क पर्यटकहरुको भीड हुने क्षेत्र हो ।

घटनाको भिडियो इन्टरेटमा सार्वजनिक भएको छ । भिडियामा युवले आफूलाई आगो लगाएर यताउता हिडेँका छन् । आगो लागेको जानकारी पाएपछि प्रहरीले युवकको शरीरमा लागेको आगो निभाइ अस्पताल लैजान्छन् । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसको अगाडि आफैँलाई आगो लगाएको यो पहिलोपटक होइन । यसअघि अप्रिल १२ मा ह्वीलचियरमा बसेका एक व्यक्तिले आफूलाई आगो लगाएका थिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु