मोदीले लिए दोस्रो कार्यकालका लागि सपथ,पार्टी अध्यक्षलाई बनाए मन्त्री

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । स्थानीय भारतीय समय अनुसार साँझ ७ बजे भारतीय संविधान अनुसार मोदीले सपथ लिएका हुन् । राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा ८ हजार बढी देशीविदेशी पाहुनाको उपस्थिति थियो ।

मोदीकै सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारै साँझ दिल्ली पुगेका थिए । मोदीले प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहले समेत मन्त्रीको सपथ लिएका छन् । पार्टी अध्यक्षलाई मोदीले मन्त्री बनाएका छन् ।

मोदीसँगै मन्त्री पदका लागि राजनाथ सिंह, भाजपा अध्यक्ष अमित शाह, एस जयशंकर सदानन्द गौडा, नितिन गडकरी, स्मृति इरानी निर्मला सितारामन र रामविलास पासवानले पनि सपथ ग्रहण गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु