कर्मचारीको तलब बढ्यो,अब कुन कर्मचारीले कति पाउँछन् ? (सूचिसहित)

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत् राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाएका हुन्। अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २० र राजपत्र अंकित श्रेणीका कर्मचारीका लागि १८ प्रतिशत बृद्धि गरिएको छ। यस्तै पोसाक लगायतका भत्ता यथावत राखिएको छ ।
राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बढेको हो। वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ। त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ। कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।

राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प.तृतीयको ३५९९० पुगेको छ । त्यस्तै, राजपत्र अनंकिततर्फको २० प्रतिशतले वृद्धि भई नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।

हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ । त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ । हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ । कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु