प्रधानमन्त्री ओलीलाई क्रिश्चियन धर्म फैलाउन खोलिएको विश्वविद्यालयले दियो मानार्थ ‘डाक्टर’को उपाधि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद विद्यावारिधी ग्रहण गरेका छन् । बुधबार दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गरेको हो। काङनाम विश्वविद्यालय क्रिश्चियन धर्म फैलाउन दक्षिण कोरियामा खोलिएको विश्वविद्यालय हो ।

प्रधानमन्त्रीलाई बुधबार नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानको हलमा विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको हो । प्रधानमन्त्री ओलीलाई विद्यावारिधी प्रदान गर्ने विश्वविद्यालय सन् १९४६ मा स्थापित यो विश्वविद्यालय हो । यसको मूल मन्त्रको रूपमा सत्य, स्वतन्त्रता, समानता र कल्याण तथा क्षमतायुक्त व्यक्तिलाई महत्व दिने जसले स्र्वगको पूजा र मानवजातिको सरंक्षण र क्रिस्चियानिटी (इसाइकरण) को भावना र मानवीय हिसाबले समाज र समग्र मानवजातिको लागि काम गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

ओलीले यसअघि नै मध्य अमेरिकाको बेलिज, भारत, कोस्टारिकाका विश्वविद्यालयबाट उपाधि पाइसकेका छन्। ओलीले उपाधि ग्रहण गरेको यो विश्वविद्यालयको उपाधि भने विवादित बन्न सक्ने देखिएको छ। सामाजिक सञ्जाल ट्विटरमा केहीले असन्तुष्टि व्यक्त गरेका छन्।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु