अस्ट्रेलियाको एआइबिटी इन्टरनेशनल कलेज पनि खारेज, एक हजार नेपाली विद्यार्थी अन्यौलमा

अस्ट्रेलिया । अष्ट्रेलिया सिड्नी स्थित एआइबिटी ईन्टरनेसनल कलेेज (Australian Institute of Business and Technology-International Pty Ltd.) को पनि दर्ता खारेज भएको छ । Vocational and Education Training (VET) कोर्स पढाइ हुने शैक्षिक संस्थालाई नियमन गर्ने निकाय Australian Skills Quality Authority (ASQA) ले   मे २८ मा सार्वजनिक गरेको नियमनकारी निर्णय अनुसार आउँदो जुन १९ देखि लागू हुनेगरी दर्ता खारेज गरेको जानकारी दिएको छ ।

ASQA को यस निर्णय उपर चित्त नबुझे कलेजले Administrative Appeal Tribunal (AAT) समक्ष निवेदन दर्तम गराउन सक्नेछ ।नेपाली विद्यार्थीहरूको समस्या सुन्न भनेर सिधा कुरा जनतासंग कार्यक्रम लिएर कार्यक्रम प्रस्तोता रवि लामिछाने यतिखेर अष्ट्रेलियामा रहेका छन् भने अाज दिनभर सामाजिक सञ्जाल नेपाली विद्यार्थीहरूले सो कार्यक्रममा उठान गरेका विषयले तातेको छ ।

केही महिना अघि AIBT को दर्ता खारेजले ठूलो हलचल ल्याएको केही समय नबित्दै AIBT International माथि पनि कारवाही भएको हो । उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं नेपाली विद्यार्थी गलत सल्लाह र सुझावका कारण शैक्षिक अन्यौलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन्।

 

तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए। दुवै कलेज एकै व्यक्ति र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ। यसरी पटकपटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथिनै खेलवाड गरेको देखिन्छ।

एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन्। यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुन: सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

यतिखेर झन्डै पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन्। एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुन: सोचनिय बनेको छ। यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका छन्। पुन: एआइबिटीको खारेजीको असरमा अरु हजारौं नेपाली विद्यार्थीहरू पर्ने देखिएका छन्।

 

यसैबीच, सिड्नीमा रहेको अस्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजको नर्सिङ निकायलाई मात्रै आस्क्वाले खण्डित खारेज गर्ने निर्णय गरेको छ। कलेजका अन्य संकायहरूमा भने यस निर्णयले कुनै असर पार्ने छैन। यस निर्णयविरूद्ध पनि कलेजले उच्च निकायमा अपिल गर्न भने पाउने छ। भर्खरै गरिएका लेखा सर्वेक्षणमा निकै राम्रो मानिएका कलेज डिप्लोमा अफ नर्सिङ पढाइ प्रारम्भ गरेलगत्तै यसरी खण्डित खारेजीमा पर्नु अचम्मित भएको कलेजले जनाएको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु