सिड्नीमा खुल्ला “बाल वक्तृत्वकला कार्यक्रम” भब्यताकासाथ सम्पन्न:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा सिड्नीमा खुल्ला “बाल वक्तृत्वकला कार्यक्रम” भब्यताकासाथ सम्पन्न भएको छ।प्रवासमा रहने हाम्रा पछिल्ला पुस्ता बालबालिकाहरुमा आफ्नो मातृभाषा र संस्कृति प्रति अभिरुची जगाउने मूल उद्देश्य सहित आयोजना गरिएको सो विशेष कार्यक्रममा पच्चीस जना वालवालिकाहरुले कार्यक्रममा भाग लिएका थिए। अनेसास न्यू साउथ वेल्स वाल क्लवकि अध्यक्ष रिभा शाहा र आस्ना खतिवडाको उद्घोषण अत्यन्तै रोचक बनेको थियो । पहिलोपटक वालवालिकाबाटै उद्घोण भएको कार्यक्रममा सबै अभिभावकहरु उत्साही देखिन्थे। 

जव विभु सापकोटाले संस्कृत बाट मन्त्र उच्चारण गर्दै आफ्नो वक्तृत्वकला शुरुबाद गरे सबैले गड्गडाहक तालि बजाए,यसैगरि ब्राज सापकोटा,एन्जेलिना अवाले,रायन खनाल,हिमान्सी घिमिरे,जीना चालिसे,लिजा त्रिपाठी,जेनिशा योञ्जन लामा,सारा श्रेष्ठ,सरिना सैंजू,शालिन श्रेष्ठ,टिमिला मानन्धर,आकृती घिमिरे,ऋतिका खरेल,सिमोन श्रीपाली,सिमोल श्रीपाली,तिप्सु पाण्डे,अनुष्का गौतम,मुकेश केसी,शालोक जिसी,लुनीभा जोन्छे,प्रान्सी तिवारी,अग्रीम घिमिरे,रायन पन्त,विदेव क्षेत्री तथा साक्षी निरौला सहित पच्चीस जना वालवालिकाहरुले कार्यक्रममा आफ्नो वक्तृत्वकला प्रस्तुत गरे जसमा सरिना सैंजू ले नेवारी भाषामा वक्तृत्वकला प्रस्तुत गरिन भने विदेव क्षेत्रीले मिठो गित गाएका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा )ले यस्ता कार्यक्रमहरु अहिले अत्यन्तै आवश्यक रहेको बताउनुभयो  साथै अनेसासले विश्वभर आफ्नो भाषा बचाई राख्नको निम्ती यस्ता कार्यक्रमहरुको भूमिका ठुलो रहने बताउनुभयो। यसैगरि त्रिभूवन  विश्वविद्यालयका उपप्राध्यापक (अंग्रेजी केन्द्रिय विभाग)हाल सिड्नी युनिभर्सिटीमा “द स्कुल अफ आर्ट लिट्रेचर एण्ड मिडिया” मा पिएचडी गर्दैगर्नुभएका जीवनाथ लम्सालले प्रवासमा गरिने यस्तो कार्यक्रमले नेपाली समुदायका वालवालिकाहरुमा आफ्नो मौलिक संस्कृती ,भाषा, प्रति मोह जगाउन ठूलो मद्दत पुग्ने बताउनुभयो। डा. मोम विश्वकर्माले अनेसासले गरेको यो कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्नभयो। यसै गरि नेपाली समुदायका अगुवा डा. नारायण प्रधान,शब्दमाला नेपाली भाषा विद्यालयकी अध्यक्ष अर्चना गुरुङ्ग,अनेसास केन्द्रकी सदस्य सानु घिमिरे,गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स स्टेट कोर्डिनेटर नन्द गुरुङ्गले आ-आफ्नो मन्तब्य राख्नुभएको थियो।

अनेसास न्यू साउथ वेल्स वाल क्लवकि अध्यक्ष रिभा शाहा तथा आस्ना खतिवडाको उद्घोशकको तयारीको निम्ती फोटो पत्रकार शुधिरा शाहाले ठूलो भूमिका निर्बाहा गर्नुभएको थियो भने कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने संञ्चार कर्मि हिमालयन रेडियोका प्रस्तोता टिका कार्कि,तुल्सा पाण्डे,अनेसासबाट सिता रसाईली,मनोज पाण्डे, प्रविन टन्डन,ममता तिवारी,लगायत सुरेश भण्डारी, शब्दमाला नेपाली भाषा विद्यालयबाट अर्चना गुरुङ्ग सोहि विद्यालयबाट एकेडेमिक कोर्डिनेटर मन्जु कार्जी,श्याम सैंजुको भूमिका अतुलनिय रहेको थियो।कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्नहुने सबै प्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए। 

साथै सो कार्यक्रमलाई गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स स्टेट कोर्डिनेटर नन्द गुरुङ्ग,गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ्ग,मल्टी डाईनामिक बाट मेघराज पौडेल,नमस्ते ज्वेलरीबाट कृष्ण विकले प्रायोजकको रुपमा सहयोग प्रदान गर्नुभएको थियो। फ़ोटो ग्राफरको रुपमा सुमन पाण्डेले सहयोग प्रदान गर्नुभयो।  सो कार्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन,नेपाली अभिभावक संघ क्याम्सी अष्ट्रेलियाका अध्यक्ष गणेश कुमार गौतम लगायत नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रम २६ मे २०१९ आईतबार अस्बरी सिनियर सिटिजन्स सेन्टर ६४-६८ प्रिन्सेस स्ट्रीट क्यानटबरीमा सम्पन्न भएको थियो।

तस्बिर सुमन पाण्डे

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु