हिन्दूवादी बाहुनको छोरा रमेशले धर्म नै परिवर्तन गरी रेग्मीबाट रमेश मियाँ बने

अनारकली मिया मुस्लिम, तर उनका तत्कालिन प्रेमि खाटी हिन्दूवादी ब्राहमण । तरपनि उनीहरुको प्रेम सम्बन्धलाई न जातले रोक्यो न धर्मले । प्रेम गरेबापत उनीहरुले झिसमिसे अध्याँरोमा देश भने छोड्नु परयो । अन्तः रमेश र अनारकली पति पत्नी मात्र बनेनन्, खाटी हिन्दूवादी बाहुनको छोरा रमेशले धर्म नै परिवर्तन गरी रमेश रेग्मीबाट रमेश मियाँ बने ।

अनारकली मिया

रमेश र म बालसखा । विविध जातजाती र भाषाभाषीले भरिएको सप्तरंगी फूलवारी भित्रका हामी फरक फूल । यहि समाजले बनाएको म मुस्लिम, रमेश हिन्दु । हामी एउटै गाउँका । एउटै मुलधाराको पानी खाएका । सँगै खेल्यौँ । सँगै हुर्कियौँ । कहिले मिल्यौँ होला त कहिले झगडा पनि ग¥र्याैँ होला । गाउँमा हाम्रो पसल भएकोले सामान किन्न अरु मानिस आए झैँ रमेश पनि आउने जाने गर्थे जुन त्यति अनौठो कुरा थिएन । रमेश धेरै जसो साथीहरुसँग रमाउने व्यक्ति थिए । उनी घरको काम सकेर, बुबाआलाई खुसी बनाएर भए पनि साथीहरुसँग घुम्न रुचाउने खालका थिए ।

रमेश, ब्राह्मणको छोरा । ब्रह्माणले हलो जोत्नु हुँदैन भन्ने संस्कारमा हुर्किएका । खेतबारी पनि अरुले नै लगाइदिनु पर्ने चलन थियो उनको घरमा । समय नै त्यस्तै थियो । हरेक कुरा समय र सोचले मान्छेलाई प्रभाव पार्दो रहेछ । विस्तारै हामी पनि ठूलो हुँदै गयौँ । क्लास बढ्दै गयो । हाम्रो सोच पनि केही परिवर्तन हुँदै गयो । मलाई थाहा नै थिएन, रमेशको सोच भिन्नै प्रकारले परिवर्तन भएको । उनले मलाई भित्री आत्मा देखि नै मनपराउन थालेछन् । बिस्तारै उनको बोल्ने तरिका, हेर्ने दृष्टिकोण नै फरक हुन थाल्यो । मलाई भने केही थाहा थिएन । मैले उनलाई साथीको रुपमा मात्र हेरेको थिएँ । मेरो हाँस्ने बानी कम थियो । घरमा कहिलेकाहीँ धेरै हाँसेको देखेपछि आमा रिसाउँदै भन्नुहुन्थ्यो, ‘केटी मान्छे धेरै हाँसेको राम्रो हुँदैन । ठिक्क हुनुपर्छ ।‘

मेरो कम हाँस्ने बानी भैसकेको थियो । केही खुसी र हाँसो बुबाको मृत्यु भएपछि हरायो । हरेक काम गर्दा दस पटक सोचेर गर्ने स्थिति खडा भयो । बुबाको सहारा पाएका साथीहरु र बुबाको सहारा नपाएका म जस्ता साथीहरुमा धेरै फरक देखिन्थ्यो ।

रमेशले विस्तारै मेरा हरेक कुरामा ख्याल गर्न थालेका थिए । स्कुलमा पनि अरु साथीभन्दा उनको मप्रतिको व्यवहार फरक हुन थालेपछि मलाई अलि डर जस्तो लाग्न थाल्यो । मैले पहिलाको तुलनामा उनीसँग बोल्न केही कम गरेँ । मैले उनीप्रति त्यती चासो राखिनँ । घर परिवारले दिएको जिम्मेवारी र स्कुलको आफ्नो जिम्मेवारी पूरा गर्ने मात्र मेरो ध्यय थियो ।

हामी कक्षा नौमा थियौँ । दसैँ नजिकिदै थियो । रमेशले नयाँ वर्षको शुभकामना कार्डसँगै एउटा पत्र पनि पठाएछन् लिलाधर बुढाथोकीको हातबाट । लिलाधर सानो बच्चा न थिए । उनले दिएपछि मैले पनि लिएँ । मैले त शुभकामना कार्ड भनि खोलेँ । शुभकामना कार्डसम्म ठिकै लाग्यो तर अर्को प्रेम पत्र जुन आयो त्यसले मलाई पीडा दियो । मलाई चिन्तित बनायो । म रमेशसँग रिसाएँ ।

‘आफ्नो मनको कुरा लेखेँ । के भयो त ?‘ रमेशले उल्टै यस्तो जवाफ दिए । त्यसपछि मैले मिना गुरुआमालाई गएर सबै कुरा भनेँ । उहाँ रिसाउनुभयो । उहाँले रमेशलाई बोलाएर धेरै सम्झाउँनुभयो । तर रमेशलाई अझ रिस उठेछ । ‘त्योे घमण्ड एकदिन तोड्छु’ भन्दै उनी हिँडेका रहेछन् । हामी केही महिना एक आपसमा बोलेनौँ । बोलचाल बन्द भयो । केही समयपछि स्कुलमा बार्षिक उत्सव मनाउने तयारी सुरु भयो । सांस्कृतिक कार्यक्रम पनि हुने भयो ।

मिना गुरुआमाले हामी केही साथीहरुलाई बोलाएर एउटा टिम बनाउनु भयो । म, हेमा, पे्रम कुमारी, रमेश लगायतका साथीहरु थियौँ । एउटै समूहमा भएपछि रमेश र म बोल्न बाध्य भयौँ । रमेशले सुरु देखि बोल्ने इच्छा गर्दा पनि मैले त्यति वास्ता गरेको थिइनँ । तर समयले बोल्न बाध्य पा¥यो । गुरु गुरुआमा अनि हामी सबैको मिहनेतले कार्यक्रम भव्य भयो । हामीले आफ्नो जिम्मेवारी पूरा गरेका थियौँ । केही समयपछि फेरि नयाँ खालको शुभकामना र साथमा पत्र पनि आयो । त्योे पत्र निकै मन छुने थियो । रमेशले आपूmले गल्ती गरेको स्विकार गरेका थिए । धेरै ठाउँमा माफी मागेको थिए । ‘माया गर्नु कुनै अपराध होइन । माया गरे बापत दिने सजाय जेपनि भोग्न तयार छु’ भन्ने वाक्यले मलाई धेरै सोच्ने बनायो । यो कुरा न त मैले घरमा भन्न सक्ने स्थिति भयो, न त स्कुलमा । मलाई धेरै समस्या भयो ।

उनीदेखि मलाई डर लाग्न थाल्यो । पढ्ने समयमा यो मान्छे पनि बौलाउन थाल्यो भनेर मनमनै साचेँ । घरमा पनि कसैलाई भनेर चिन्तित गराउन चाहिँनँ । रमेशलाई कति पटक भन्ने ? फेरि रिसाउनुपर्ने खालको पत्र पनि थिएन । असम्भव सोच किन आयो होला उनमा भनेर पीडा भयो । समाजमा प्रेम भन्ने कुरा धर्म र सामाजिक परम्परा भन्दा ठूलो हुन सक्दैन थियो । हाम्रो मायाको कारण धेरै आफन्तहरुलाई ठेस पुग्ने, हाम्रो मायाको कारण समाजमा बहिस्करणमा पर्नुपर्ने स्थिति थियो । मैले पत्रको जवाफ पनि दिन उचित ठानिनँ । स्कुल जाने, घरमा आउने, कहिलेकाहीँ शारदाको घरमा जाने आउने गर्थँ । आफन्त बाहेक कतै जान घरका ठूला मान्छेको अनुमति बिना जान सजिलो थिएन । रमेश उता पत्रको पखाईमा बसेका रहेछन् । मैले पत्रको जवाफ नपठाएपछि फेरि केही दिन पछि अर्काे पत्र आयो । त्यतिखेर हाम्रो कक्षा दशको पढाई सुरु भैसकेको थियो । मैले पत्र खोलेर पढँ । पत्रमा धेरै गुनासाहरु पोखिएका थिए । पत्रको बयान गरि साध्य छैन । त्यसपछि मैले उनलाई सम्झाउने गरी पत्र लेखेर पठाउने निर्णय गरे । ‘…….मलाई पत्र लेख्न बाध्य बनायौँ तिमीले । मैले कहिले पनि सोचेको थिएन तिम्रो मप्रतिको सोचाइ यस्तो होला भनेर । तर जुन हर्कत गर्दैछौ यो कसैको पनि हीतमा छैन । न त तिम्रो हितमा छ न त मेरो । यदि साँच्चिकै तिमी मलाई माया गर्छौ भने पनि त्योे हाम्रो साथीको माया हो ।

हामीले सानैदेखि माया ग¥यौँ । एकले अर्कालाई सहयोग पनि ग¥यौँ, साथीका रुपमा । यस्तै हुन दिनुपर्छ । हाम्रो माया अन्य नातामा परिवर्तन गर्न खोज्दा दुर्घटना हुन सक्छ । मलाई थाहा छ, तिमीले मलाई धेरै मन पराउँछौ तर नराम्रो सोचेर पनि हैन । तिमीले मलाई हरेक समयमा सहयोग गर्छौ साथी सम्झेर । मलाई आशा छ, तिमीले मलाई हमेसा मिलनसार साथी मान्ने छौ । अबका दिनहरुमा मलाई फेरि यस्तो पत्र लेख्ने छैनौ । केही काम परेमा मलाई भन्ने छौ । आफ्नो घरपरिवार र मेरो घरपरिवारको इज्जतको ख्याल गर्नेछौ । मेरो यो पत्रले तिम्रो मन परिवर्तन गर्ने छ । यो मेरो भित्री आत्मा देखिको विश्वास हो….।’

त्योे पत्र पढेपछि पनि उनले फेरि पत्र लेखे । त्यतिखेर फोनको सुविधा थिएन । पत्र मार्फत् नै सन्देशहरु पठाउने काम हुन्थ्यो । मैले पत्र खोलेर पढेँ । ‘मलाई सम्झाउनु पर्ने आवश्यक छैन । हाम्रो एसएलसीपछि जसरी पनि तिमी मेरो हुनुपर्छ । क्याम्पस सँगै पढौँला । समाजको कुरा छोड । घरको कुरा छोड । तिमी र मेरो बिच जो कोही आए पनि मैले छोड्ने छैन, सिर्फ तिमी मेरो हो । यदी कसैले छुटाउन प्रयास गर्छ भने म जस्तो बेइमान कोही हुने छैन । धर्म, संस्कृति मान्ने हामी बिचको कुरा हो । कसैले यो धर्म मान्नुपर्छ भनेर जबरजस्ती गर्ने छैन । म तिम्रो लागि इस्लाम धर्म मान्न तयार छु । कसले रोख्न सक्छ मलाई, हेरौँला । माया प्रेमको अगाडि कसैको केही लाग्ने छैन । यदि तिमी मेरो लागि यति पनि गर्न सक्दैनौ भने तिम्रो नाममा पत्र लेखी सदाको निम्ती यो समाज, यो धर्म र यो धर्ती छोडी दिन्छु, यदि तिमीले मलाई साथ दिदैनौ भने ।’

रमेशको यस पत्रले मलाई धेरै समस्या प¥यो । मेरो लागि संसारै छोड्ने पत्र लेख्ने यस्तो मान्छेलाई कसरी सम्झाऊँ जस्तो भयो । मलाई पत्र लेख्न मन लागेन । उनलाई भेटेर सम्झाउन चाहेँ । उनी अलि जिद्दी पाराका थिए । एकजना साथी शारदा र टोपवहादुरसँग मैले सबै कुरा गरँ । एकदिन हामी स्कुलबाट आउँदै गर्दा धेरै कुरा भयो । साथीहरुले ‘ठिकै छ पहिला एसएलसी पास गर । क्याम्पस पढ । अनि आफ्नो खुट्टामा उभिएर मात्र बिहे गर’ भनेर सम्झाए । लौ ठिकै छ अब राम्रोसँग हाँस्ने बोल्ने, घर, स्कुल कतै पनि टेन्शन नगराउने, साथीकै रुपमा अगाडि बढ्ने भन्ने कुरा भयो । विस्तारै समय वित्दै गयो । रमेशले साथीको जस्तो व्यवहार गरे तापनि भित्री मन परिवर्तन भएन । उनी आफ्नो अडानमा थिए । जे भए पनि छोड्ने पक्षमा थिएनन् मलाई । उनको व्यवहारले त्यही देखाउँथ्यो । बिचमा घरपरिवारले पनि छोरालाई बिहे गर्ने केटी हेरेर राख्ने, एक दुई वर्ष पछि बिहे गर्ने भनेर आन्तरिक छलफल भएछ । रमेश केटी हेर्न तयार भएन छन् । उनीले ‘मैले हेरी सकेको छु, हजुरहरु चिन्ता नगर्नू । मेरो लागि हजुरहरुले खोजेर दुःख नपाउनु’ भनेर बुबा, आमालाई जवाफ दिएछन् ।

बुबा, आमालाई झन् चिन्ता भएछ । खुल्दुली भएछ । ‘को केटी हो ? छोरा तिमीलाई मन परेको को हो ?‘ रमेशका बुबाले सोध्नुभएछ । रमेशले ‘अहिले भन्दिनँ, पछि भनौला’ भनेपछि घरपरिवारमा झन् चिन्ता भयो होला । दुवैका घरपरिवारले कुनै कसुर बाँकी राख्नु भएन । सबै गरी भ्याउनुभयो । तर रमेश मान्न तयार भएनन् । उल्टै उनी घरपरिवारसँग रिसाउन थाले । उनले मसँग पटकपटक बिहेको कुरा राखे । मैले चारैतिरको समस्याको कुरा उनलाई सुनाएँ । उनले मोहनी लगाएर पनि मलाई विवाह गर्छु भनेर धामी झाँक्रीसम्म पुगेको कुरा साथीहरुले सुनाए । अन्तमा मैले पनि धेरै सोचेँ । उनको हालत बुझेँ।

खलङ्गा शिक्षा आयोगको जाँच दिन गएको बेला रमेश पनि त्यही भेटिए । ‘मैले अब हारेँ रमेश । तिम्रो जीत भयो । यो भन्दा बढी के होला र । ठिक छ यो समाज र यो परिवार छोडी नयाँ समाज र नयाँ परिवारको हामी खोजी गरौँ । तिम्रो घरपरिवारले पनि सकेजति जम्मै गरे तर केही उपाय लागेन । मेरो घरपरिवार आफन्तहरुले पनि सकेजति जम्मै गरे तर सकेनन् । मेरो पढ्ने ठूलो धोका थियो त्योे पनि अधुरै भयो । तिम्रो माया प्रेमले जित्योे । अब यहाँ कसैको केही लाग्दैन । हामीले अब एउटा योजना बनाएर मात्र बिहे गरौँ । हामी चाहेर पनि यो ठाउँमा बस्न सक्ने अवस्था छैन । हामीले नचाहेर पनि बाहिर जानै पर्ने हुन्छ ।‘

मेरो जबाफ सुनेपछि रमेशको अनुहारमा यस्तो उज्यालो छायो मानौँ सूर्यको पहिलो किरणले भर्खरै हिमाल रंगिएको छ । मेरो साथ पाउने कुराले उनको आँट पनि बढ्यो होला सायद । मैले पनि जीवनको भारी उनैमाथि बिसाएँ । जे जस्तो पर्ला सबै भोग्ने अठोट लिएँ । त्यस क्षण हामीले धेरैबेर भविष्यबारे छलफल ग¥यौँ ।

हाम्रो रहर थिएन देश छोडी जाने, घर छोडी जाने । तर जातभात हेर्ने समाजका कारण हाम्रो बाध्यता भैइदियो । हामीले सबैलाई छोडी जाने निर्णय ग¥यौँ । साँच्चीकै प्रेम अन्धो हुँदो रहेछ भन्ने कुरा साबित भयो । प्रेमको अगाडि कसैको केही उपाय लागेन । हामीबीच ठूलाठूला षड्यन्त्रकारीहरु पनि फेल भए । सल्यानको त्यो शङ्खमुल गाउँमा हामीले जात र धर्मको जञ्जीर तोड्ने निर्णय ग¥यौँ ।
संसदमा पहिलो पाइला पुस्तकबाट

Comments

comments

सम्बन्धित शिर्षकहरु