हिन्दू संस्कृतिको उद्गम विन्दू मिश्र : जुन पछि यसरी मुस्लिम मुलुक बन्न पुग्यो

काठमाडौं । मिश्र एकदमै प्राचीन देश हो। नेपाल र भारत लगायत भारत वर्षीय संस्कृतिमा मिश्रको पनि ठूलो योगदान रहेको छ । भनिन्छ, सूर्यपूजा, शिवको आराधना लगायतको संस्कारहरु हामीलाई मिश्रले नै सिकाएको हो । जतिबेला हामीहरु इन्द्रलाई आराध्यदेव मानेर पूजा गर्ने गर्दथ्यौं । यो बाहेक कतिपय पूर्वीय सम्प्रदायमा पनि मरेको शवलाई गाडेर त्यसको माथि पिरामिड बनाउने गरिन्छ । त्यो पनि हामीलाई मिश्रले नै सिकाएको हो । हाम्रा र उनीहरुको धेरै संस्कृति मिल्ने र हामीहरुले मान्दै आएका धेरै संस्कृतिहरु त्यहाँकोसँग हुबहु मिल्ने भएकोले पनि मिश्रको प्रभाव भारत वर्षमा परेको मान्न सकिन्छ ।

यहाँको पिरामिडको प्रसिद्धि र प्राचीनताको बारेमा सबै जानकार छन् । प्राचीन मिश्र नील नदीको किनारामा बसेको सभ्यता हो । यो उत्तर भूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टी र इजराइल, पूर्वमा लाल सागर, पश्चिममा लिबिया एवं दक्षिणमा सुडानसम्म पुगेको थियो । यस प्रकार मिस्र एक अन्तरमहाद्वीपीय देश हो, जसले अफ्रिका र एशिया-अरबलाई जोड्दछ ।

मिश्र प्राचीन सभ्यतावाला देश हो। खासगरी यही मिश्रको पिरामिडको आसपास बसेको शहरलाई सबैभन्दा प्राचीन मान्ने गरिएको छ । यहाँको प्राचीन सभ्यता लगभग ३००० ईसा पूर्वदेखि अधिक समयसम्म विद्यमान रह्यो ।

त्यहाँ फराओ वंशी राजाहरुको शासन थियो, जो क्रमश: ५२५ ईसापूर्वसम्म चलेको थियो। फराओ पेपी (२२४६-२१५२ ईपू) नै फराओ वंशीहरुको शासनकालको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको थियो। लगभग ९४ वर्षसम्म उनले मिश्रमा राज्य गरे । जब उनी केवल ६ वर्षका थिए त्यतिबेला नै मिश्रका राजा बनेका थिए । एउटा अद्भुत कुरा गिजाको पिरामिड पछिल्लो ४ हजार वर्षभन्दा पनि अधिक समयदेखि जस्ताको त्यस्तै विद्यमान छ। पिरामिडको यो शहर आफ्नो समृद्ध प्राचीन परम्परा र इतिहासको स्वयं प्रमाण बनेर बसेको छ ।

हजरत मूसा फराओको शासन इशापूर्व लगभग १५००मा मिश्रमा नै थियो । यस्तो पनि मान्ने गरिएको छ उनलाई उनकी आमाले नील नदीमा बगाइदिएकी थिइन। उनको फेरि पनि फराओकी पत्नीले पालनपोषण गरेकी थिइन् । ठूलो भएपछि तिनै मुसा मिश्रको राजकुमार बने र पछि मूसालाई आफू यहुदी हो भन्ने थाहा पाए । त्यतिबेला पनि उनको यहूदी राष्ट्र अत्याचार सहन बाध्य थियो । यहाँ यहूदी गुलाम बनिरहेका थिए। त्यसबाट उनी दिक्क भएर यहूदीहरुलाई एकट्ठा गरे र उनीहरुमा नयाँ जागृति विकास गराएर मिश्र छाडी आफ्नो देश यरुशेलममा गए ।

मिश्रवासी ईश्‍वरवादी हुनुका साथ-साथै देवी र देवताहरुको पूजा गर्दथे। भनिन्छ प्राचीन मिश्रमा लगभग १४०० देवी-देवताहरुको पूजा हुने गर्दथ्यो । मिस्रमा मूसा समूहका मानिसहरु बस्ने गर्दथे । पछि उनीहरु इजरायल गए । पछि यहाँ पुन: यहूदीहरुको बसोबास हुन पुग्यो । फेरि ईसाई धर्मको उत्थानकालमा यहाँ ईसाइहरुको बहुलता बढ्न थाल्यो। लगभग चौथो र छैठौं शताब्दीको आसपासमा मिश्रमा सबैभन्दा ज्यादा ईसाई रहने गर्दथे । आज त्यहाँ लगभग ९० प्रतिशत मुसलमानहरु छन् । अहिले मिश्र मुस्लिम देश भएको छ।

शुरुआती समयमा प्राचीन मिश्रवासीहरुले बच्चा जन्मिएपछि बच्चाको लिंग काट्ने परम्पराको सुरुवात गरेका थिए । यस परम्परालाई यहूदीहरु र फेरि मुस्लिमहरुले अपनाउन थाले। उहिले प्राचीन मिश्रका महिलाहरु स्वतन्त्र थिए । आफैंले जमिन खरिद गर्न सक्दथे। न्यायाधीश बन्न सक्दथे र आफ्नो जीवनी पनि लेख्न सक्दथे । बाहिर काम हुन्थ्यो भने उनीहरुलाई समान तलब मिल्ने गरेको थियो । उनीहरु सम्बन्ध विच्छेद पनि गर्न सक्दथे ।

मिश्र र पूर्वीय संस्कृति
प्राचीन भारतमा सिन्धु नदीको बन्दरगाह अरब र भारतीय संस्कृतिको मिलन केन्द्र थियो। यहाँबाट जहाजद्वारा एकदमै कम समयमा इजिप्ट या साऊदी अरब पुग्न सकिन्थ्यो । यदि सडक मार्गबाट जाने हो भने बलुचिस्तानबाट ईरान, ईरानबाट इराक, इराकबाट जोर्डन र जोर्डनबाट इजराइल हुँदै इजिप्ट पुग्न सकिन्थ्यो । अहिले इजिप्ट पुग्नको लागि ईरानबाट साऊदी अरब र फेरि इजिप्ट जान सकिन्छ । तर, यसमा समुद्रलाई दुई साना-साना हिस्साहरु पार गर्नु पर्ने हुन्छ ।

यहाँको शहर इजिप्ट प्राचीन सभ्यताहरु र अफ्रिका, अरब, रोमन आदिको मिलनस्थल हो। यो प्राचीन विश्‍वको प्रमुख व्यापारिक एवं धार्मिक केन्द्र थियो। मिश्रको भारतीय उपमहाद्विपसँग गहिरो सम्बन्ध थियो । मान्यता यो पनि पाइन्छ कि गजपत, भूपद, अधिपद नामका ३ भाई मिश्रमा बस्ने गर्दथे । गजपदको आफ्नो भाइहरुसँग झगडा भएपछि उनले मिश्र छोडेर अफगानिस्तानतिर एक गजपद नगर बसालेका थिए । गजपद एकदमै शक्तिशाली थियो।

मिश्रमा सूर्यलाई सर्वश्रेष्ठ चिकित्सा देवताको रूपमा मान्ने गरिएको थियो । भनिन्छ कि- आरोग्यं भास्करादिच्छेत। यहां अनेक औषधीहरु भारतबाट मगाइन्थ्यो। भारतीय र मिश्रको भाषामा एकदमै शब्द र उनको अर्थ समेत समान हुन्छ । जस्तो हरी (सूर्य)- होरस, ईश्वरी- ईसिस, शिव- सेव, श्वेत- सेत, क्षत्रीय- खेत, शरद- सरदी आदि। मिश्रका पुरोहितहरुको भेषभुषा भारतीय पुरोहित तथा पण्डितहरुको जस्तै हुने गर्दछ । उनको मूर्तीहरुमाथि समेत वैष्णवी तिलक लगाउने गर्दथे । एलोराको गुफा र इजिप्टको एक गुफामा पाइएको उत्खनन गरिएको बस्तु र गुफाको प्रकारमा आश्चर्यजनक रूपले समानता देखिन्छ ।

मिश्रको प्रसिद्ध पिरामिड त्यहाँको राजाहरुको एक प्रकारको चिहान घर थियो। भारतीहरुलाई यस विद्याकोबारेमा उत्तम जानकारी थियो। उनीहरुले राजा दशरथको शव उनको पुत्र भरतको कैकेय प्रदेशबाट अयोध्या जाने समयसम्म सुरक्षित राखेका थिए ।

इजिप्टको पिरामिडहरुको मेहनतले जानकारी लिन सकिन्छ कि स्वर्गबाट आएका देवताले त्यहीँ नै जीवको रचना गरेका थिए भन्ने विश्वास पनि छ। उनीहरुले धरतीमा जीवको रचना गरेको विश्वास पाइन्छ । इजिप्टका राजाले भगवानलाई नै आफ्ना पूर्वज मान्ने गर्दथे । उनीहरुले इजिप्टवासीहरुलाई कैयौं प्रकारको ज्ञान दिएका छन् । उनीहरुको कैयौं पिढिँले त्यहाँ शासन गरे । प्राचीनकालमा स्वर्गलाई त्यस्तो स्थान भनिन्थो जहाँ हरा-भरा जंगल थियो । कल-कल बग्नेवाला नदिहरु हुन्थे । खासगरी जहाँ स्याउको बहुतायत रुख हुन्छ र जहाँ बर्फबाट बनेको पहाड हुन्छ । त्यसैलाई स्वर्गको रुपमा मान्ने गर्दथे ।

गौरवर्णका एक देवदूतलाई त्यतिबेला स्वर्गबाट निकालिएको थियो । उनीहरु स्वर्गबाट बहिष्कृत स्वर्गदूत कहाँ जान लागे । उनी आकाशबाट उत्रिएका थिए । त्यसैले सर्वप्रथम उनले आकाशदेव भनिएको हो । जानकारहरुले उनलाई स्वर्गदूत पनि भनेका छन् र धर्मवेत्ताहरुले उनलाई ईश्वरको दूत पनि भन्ने गरेका छन् । तर, तिनै व्यक्तिलाई ‘धरतीलाई बिगार्ने दोषी’ पनि मान्न थालियो । उनलाई राक्षस या शैतान पनि भन्न थालियो । विरोधीहरुले रक्तको शुद्धता बनाइराख्नको लागि उनको विरोध गर्दथे। यसरी मिश्रमा यी विदेशीहरुका कारण एक नयाँ सभ्यता र संघर्षको सुरुवात भयो ।
-हाम्राकुरा

Comments

comments

सम्बन्धित शिर्षकहरु