नक्कली नोटका कारोवारी युनुस सार्वजनिक गर्दा भए सेलिब्रेटी जसरी प्रस्तुत

काठमाडौं । लागुऔषध र खोटा चलन (नक्कली नोट कारोबार) मा पटक/पटक पक्राउ परी कैद भुक्तान गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका युनुस अन्सारी शुक्रवार फेरि भारतीय नक्कली नोटसहित पक्राउ परे । उनलाई नक्कली नोट लिन गएको अवस्थामा बिमानस्थल प्रहरीले पक्राउ गर्यो । सात करोड बढी नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि उनीसहित सवैलाई महानगरीय प्रहरी कार्यालयमा आजै सार्वजनिक गरियो । सार्वजनिक गर्दा अन्य अभियुक्तको अनुहारमा मास्क देखपनि अन्सारी भने ठाँटका साथ अनुहारसहित सार्वजनिक भए । उनमा कुनै अपराध वा हिनताबोध देखिएन, देखियो त नक्कली भारुको कारोवार गरेकोमा ठुलै गर्व । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरीले उनीहरुलाई सार्वजनिक गर्दा अन्सारी ढाका टोपी लगाएर खुला रुपमा देखिए । पत्रकारको प्रश्नमा उनले आफूले मास्क लगाउनुको अर्थै नभएको प्रतिक्रिया दिए ।

पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको दुई हजार दरका सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित तीन जना पाकिस्तानी नागरिक र अन्सारीसहित तीन नेपाली पक्राउ परेका छन् । कारोवारमा युनुसका नातेदारसमेत संलग्न हुने गरेको रहस्य पनि खुलेको छ । विशेष सुराकीको आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेका हुन ।

नक्कली भारतीय रुपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बालकोटका सुदन रानाभाट छन । खान अन्सारीका सालो हुन भने रानाभाट गाडी चालक । दुई सुटकेशमा पैसासँगै नेपाल प्रवेश गर्ने एक महिलासहित तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।

नक्कली नोट चलनमा पटक÷पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भने आफूलाई फसाइएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीहरुलाई निगरानीमा लिएको थियो । त्यही बेला अन्सारी सहितको टोली आएपछि विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको क्षेत्रीले बताउनुभयो । ‘यो एक व्यक्तिले गरेको होइन, यो संगठित रुपमा गरेको हुनुपर्छ, विस्तृत थप अनुन्धानबाट थाहा हुन्छ, उनीहरुको राष्ट्रिय अन्तर्रा्ष्ट्रिय सम्बन्धको बारेमा केलाउने र उनीहरु कहाँ कहाँ गए त्यसको पाटोपनि अनुसन्धानमा छ,’ थापाले भन्नुभयो । प्रहरी स्रोतकाअनुसार उनले माग गरेकोभन्दा बढी रकम आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु