भारतमा मोदीले जित्दा नेपालमा र्‍याली, हिन्दू संगठनले वीरगन्जमा दीप बाल्यो

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले बहुमत ल्याएपछि त्यसको खुसीयाली भारतमा मात्र सिमित बनेको छैन । त्यसको खुसीयाली नेपालका सीमावर्ती इलाकामा समेत मनाउन थालिएको छ ।

भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा र्याली निकालेर खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जितको खुसीयालीमा विश्व हिन्दू संगठन ओईसही नागरिक समाजले र्‍याली निकालेको छ । र्‍यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा वीरगन्जको सडकमा लाग्न थालेका छन् ।

मोदीको पार्टी बिजेपीले जितेछि गएराति सहर परिक्रमा गर्दै विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ । खुसीयालीमा मिठाइ पनि बाँड्न थालिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु