काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै उच्च

काठमाडौं । केहि दिनदेखि काठमाडौं उपत्यकासहित देशभरको तापक्रम बढिरहेको छ । मंगलबार काठमाडौंको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि २०४६ साल वैशाख २५ गते काठमाडौंको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

केहिदिनयता पानी नपर्दा देशभरी कै तापक्रम बढेर जनजीवन प्रभावित भएको छ । बुधबार भने देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ । धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु