प्रहरीको गोली प्रहारबाट मारिए विप्लवका कार्यकर्ता

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर भोजपुरमा प्रतिबन्धित विप्लव समूहका एक कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी भएको दुईपक्षीय मूठभेडमा प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो । घाइते उनको गएराती मृत्यु भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जानकारी दिए । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मुठभेट हुन पुगेको थियो । मृतक घिमिरे षडानन्द नगरपालिका–२ कुदाककाउका भएको बताइएको छ ।

प्रहरीले घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु