हत्या प्रकरण : जेठो ज्वाइँ-ससुराको घरमा हत्याकाण्ड, कान्छा ज्वाइँ झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । दुई परिवारका ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको हत्याकाण्डको अनुसन्धानमा प्रहरी सक्रिय रहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याकाण्डमा एकजनाको संलग्नता रहेको देखिएको छ । घटनामा संलग्न रहेको आंशका मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका व्यक्तितर्फ सोझिएको छ । अहिले प्रहरी उनकै संलग्नता रहेको निष्कर्षमा पुगिनसकेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन् । आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।

अहिले घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ । किनकी ती व्यक्ति हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाईँ हुन् । सोमबार राति मिक्लाजुङ–३ मा बमबहादुर र उनका जेठो ज्वाईँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो । बमबहादुरकी कान्छी छोरी मनकुमारी फियाकको विवाह मानबहादुरसँग भएको थियो ।मिक्लाजुङ– ३ का वडा सदस्य जप्रसाद फियाकका अनुसार मानबहादुर र मनकुमारीको सम्बन्ध पछिल्लो समय राम्रो थिएन । मनकुमारी माइती घरमा नै थिइन् । बुवाआमासँगै उनको पनि गएराति नै हत्या भएको छ ।

‘उनीहरूको पछिल्लो समय मेलमिलाप थिएन, खटपट भएको कुरा आएको थियो,’ वडा सदस्य फियाकले भने, ‘मानबहादुर पनि मृत भेटिएका छन्, प्रहरी घटनास्थलतर्फ गएको छ ।’ सीमाना जोडिएका वडा नम्बर ३ र ७ मा भएका यी दुई घटना अन्तरसम्बन्धित हुन सक्ने देखिएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु