विशेष कार्यक्रम लिएर रबि लामिछाने अस्ट्रेलिया आउँदै

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया

कुनै बेला गोरखाका राजा राम शाहलाई न्यायदाताको रुपमा चिनाउदै भन्ने गरिन्थ्योः न्याय नपाए गोरखा जानु। तर आज भोलि न्याए नपाए रबि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग मा जानु भन्ने सुनिने गरेको छ । देश मा ब्याप्त अन्याय, अत्याचार, शोषण, चोरी- डकैति, ठगि लगाएत गैर कानुनी रुप मा हुने अनेकौ गतिबिधि लाई खबरदारी र दोसी लाई कारबाही को माग गर्दै, आम जनताको हक – हित,अधिकार र न्याएका लागि मैदान मा उत्रिएका समाजसेवी एबम संचारकर्मी हुन् रबि लामिछाने I यिनै रबि, अस्ट्रेलियावासी नेपालीका विविन्न समस्या र समाधानका विषयमा अन्तरक्रिया गर्न अस्ट्रेलिया आउँदैछन् ।

लाहुरी टि भी अष्ट्रेलिया को आयोजना, बाबा एजुकेसन कन्सल्टेन्सि र आर के एस अस्ट्रेलिया को मुख्य प्रायोजनमा हुन लागेको “सिधा कुरा जनतासँग ” अस्ट्रेलिया बिशेस कार्येक्रम का लागि उनि अस्ट्रेलिया आउन लागेका हुन् I जनता को चासो – गुनासो, भोगाई र प्रश्नहरुलाई टेलीभिजन कार्येक्रम ” सिधा कुरा जनतासंग ” बाट प्रसारण गरि आफ्नै देश वा विदेश मा पिडा मा जिउन बद्द्ये भएकाहरु को घाउ मा केहि हद सम्म भए पनि मलम लगाउन सफल भएका छन् रबि I कार्येक्रम, सिड्नीको हर्सभिलमा रहेको मराना अडोटरियममा यही मे २४ का दिन हुने भएको छ I कार्येक्रम मा विद्यार्थी र अभिवावक लाई प्रवेश निसुल्क हुने र अरु लाई भने $२५ सुल्क लाग्ने आयोजक ले जनाएको छ I

केही समयअघि अस्ट्रेलियाका विद्यार्थीले गरेको गुनासाका आधारमा लामिछानेले कार्यक्रम चलाएका थिए । जसका कारण कन्सल्टेन्सी क्षेत्र मा हंगामा मच्चिएको थियो ।

बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया का संचालक रविन्द्रकुमार शर्माले सामाजिक कार्येक्रम लाई सहयोग गरि अग्रशर भएर समुदायमा काम गर्न पाउनु खुसि को कुरा रहेको बताए साथै गुनासा, जिज्ञासा र लामिछानेसँग प्रत्यक्ष संवादका लागि उपस्थित हुन आयोजक लाहुरी टिभीले सम्पूर्णमा आह्वान गरेको छ ।

सम्बन्धित शिर्षकहरु