मच्छड धूप नबाली यसरी भगाउनुस् लामखुट्टे

काठमाडौं । लामदुट्टे भगाउन मच्छड धूपबाहेक अर्को विकल्प पनि छ। यसका लागि तपाईं बिहान–बेलुका कोठामा कपुर जलाउन सक्नु हुन्छ। यसो गर्दा लामखुट्टे भाग्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सक्नुहुन्छ। नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या दूर भएर जान्छ। मुलायम कटनको कपडाको टुक्रामा कपुर, दुईवटा अलैँची र ल्वाङ पोको पारेर बच्चाको छेउछाउमा राख्दा लामखुट्टे भाग्छ। लामखुट्टे जम्मा हुने ठाउँमा पनि यस्तो पोका राख्न सक्नुहुन्छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु