नेपाली टोली घोषणा: विमल र भरत अटाएनन्,को-को परे टोलीमा ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् । आगामी जुन महिनामा खेल्ने दुई मैत्रीपूण खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् ।

२३ सदस्यीय टोलीमा फरवार्ड विमल घर्ती मगर र भरत खवास भने अटाएनन्। यस्तै अभिषेक रिजालले टिममा स्थान बनाएका छन्। यस्तै हेमन गुरुङ र कमल श्रेष्ठ पनि टिममा पर्न सकेनन्। नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग खेल्नेछ। केही खेलाडी फिटनेसमा कमजोर रहेका कारण पूर्ण रुपमा फिट रहेका खेलाडीहरु छनोट गरेको उनले बताएका छन्।

नेपाली टोली:

गोलकिपर : किरण चेम्जोङ, एलान न्यौपाने, विकेश कुथु

डिफेण्डर : विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल

मिडफिल्डर/फरवार्ड : सुनिल बल, रवी पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट

Comments

comments

सम्बन्धित शिर्षकहरु