त्रिशूलीमा बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो,३० घाईते कसको कहाँ उपचार हुँदै ?(अपडेट)

काठमाडौं । धादिङको गजुरीबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । आइतबार बिहान भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य चारजनाको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ४३८७ नं.को यात्रुबहाक बस धादिङको गजुरीबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा परि ३० जना यात्रुहरु घाईते भएका छन् । कतिपय यात्रु सामान्य उपचारपश्चात फर्किएको प्रहरीले जनाएको छ ।

घटना परि मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा. बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०र३२ वर्षीय पुरुष र अर्का २०/२२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु