अस्ट्रेलियामा सत्तारुढ गठबन्धनको चमत्कारिक जित

अस्ट्रेलिया । अस्ट्रेलियामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले चमत्कारिक जित हात पारेको छ। प्रधानमन्त्री स्टक मोरिसन नेतृत्वको कन्जरभेटिभ गठबन्धनले जित हात पारेको हो। मोरिसनले निर्वाचनमा पुनः जित दिलाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। उनले आफूलाई चमत्कारमा विश्वास भएको भन्दै यो अनुमान पहिले नै गरिसकेको बताए।

उनले आफू नेतृत्वको गठबन्धनले करिब बहुमत ल्याएको बताए। अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका नेता बिल सर्टनले आफ्नो पराजय स्वीकार गरिसकेका छन्। उनले पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका छन्। चुनावको अन्तिम परिमाम घोषणा हुन भने बाँकी नै छ। तर, ७० प्रतिशतभन्दा बढी मतको गणना हुँदा गठबन्धनले जित हासिल गरेको हो। बहुमतका लागि अस्ट्रेलियामा ७६ सिट आवश्यक पर्ने छ। सत्तारुढ गठबन्धन ७४ सिटमा अगाडि देखिएको छ। लेबर पार्टी ६६ सिटमा अगाडि छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु