वाटफोर्ड विरुद्ध जित निकाल्दै म्यान्चेस्टर सिटीको ऐतिहासिक डोमेस्टिक ट्रिबल पूरा

काठमाडौं । म्यान्चेस्टर सिटीले यो सिजन शानदार अन्त्य गरेको छ । सिटीले वाटफोर्ड विरुद्ध जित निकाल्दै ऐतिहासिक डोमेस्टिक ट्रिबल पूरा गरेको छ। जुन कुनै पनि पुरुस टोलीले एकै सिजनमा गर्न सकेको थिएनन् । शनिवार राति वेम्लिमा भएको एफए कप अन्तरगतको फाइनल खेलमा सिटीले वाटफोर्डमाथि ६-०को विशाल जित हात पारेको हो ।

रहिम स्टर्लिङ र ग्रयावियल जिससले दुई दुई गोल गर्दा पेप गोर्डिवलाको टिम प्रिमियर लिग, एफए कप र कराबाओ कप एकै सिजनमा जित्दै डोमेस्टिक ट्रिबल गर्न सफल भएको हो । यो सिटीका लागि छैठौ एफए कप हो भने गर्डिवलाको लागि पहिलो । २०१६ मा डत्तेहादमा पुगेपछि गर्डिवला यो छैठौं उपाधि हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु