भान्छे र सुसारेसम्म लिएर पूर्वराजाको सहपरिवार एक महिना थाइल्याण्डको यात्रामा

काठमाडौं । विभिन्न धार्मिक स्थलको भ्रमण सकेर राजधानी फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह एक महिनाका लागि नेपाल बाहिर जाने भएका छन् । पत्नी कोमल, बुहारी हिमानी र नाति नातिनीसँग उनी एक महिनाका लागि थाइल्याण्ड जाने तयारी गरेका छन् । उनी त्यहाँ करिव एक महिना बस्ने योजना रहेको छ ।

पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही उनी थाइल्याण्ड जान लागेका हुन् । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगी सहितको टोली थाइल्याण्ड जाँदैछन् ।

निर्मल निवास स्रोतका अनुसार उनी करीब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्ने ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु