अञ्जना हत्या प्रकरण:पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी दाबी गर्दा प्रहरी अनुसन्धानवाट नयाँ रहस्य बाहिरयो

काठमाडौं । ललितपुर महानगरपालिकाको ढोलाहिटीमा भएको जेठाजुद्वारा बुहारीको हत्या प्रकरण अहिले निकै चर्चामा छ। यो प्रकरण मिडिया देखि सामाजिक संजाल सम्म निकै चर्चा चलिरहेको छ ।यस हत्या प्रकरण को अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । ललितपुर महानगरपालिका ढोलाहिटीमा बैशाख २६ गते आफ्नै घरमा २५ वर्षीया अञ्जना लामा महतको जेठाजु उज्वल महतले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

आफ्नै जेठाजुले बुहारीको हत्या किन गरे भन्ने बारे अहिले अनुसन्धान भइरहेको छ। उज्ज्वल महत माथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उज्ज्वल महतलाई मानसिक रोगि समेत भनिएको छ । विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ । पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो । महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट थिए ।

चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘हामीलाई बयान दिने क्रममा उनले बुहारीसँग पहिल्यैदेखि असन्तुष्ट रहेको स्वीकारेका छन् ।’ ती प्रहरी अधिकारीका अनुसार भाइबुहारीले घर बन्धकी राखेर क्यानडा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरी बताउँछ ।

हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पाटन अस्पतालमा अञ्जनाको शव पोष्टमार्टमका लागि पठाइएको थियो । जसको रिपोर्ट अझैसम्म आएको छैन । पोष्टमार्टम रिपोर्टले घटनाको थप पाटोबारे उजागर गर्ने अनुसन्धान अधिकारीको विश्वास छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु