एएफसी कप फुटबल: मनाङ बराबरीमा रोकियो

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गतको आफ्नो चौथो खेलमा नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र मिनर्वा पन्जाबसँग बराबरीमा रोकिएको छ । मिनर्वाका लागि ३९ औं मिनेटमा तोइवा सिंहले गोल गरेर अग्रता दिलाएका थिए। खेलको ८१ औं मिनेटमा मनाङ मर्स्याङ्दीका शाहिद अजिजले गोल फर्काउँदै प्रतियोगितालाई बराबरीमा पुर्‍याए। त्यसपछि दुवै पक्षले गोल गर्न सकेनन् र खेल बराबरीमा टुंगियो।

यसअघि भारतमा भएको खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।
यस बराबारीसँगै चार खेल खेलेको पन्जावले चार खेलमा बराबरी गर्दै चार अंक जोडेको छ । यता चार खेल खेलेको मनाङले दुई खेलमा हार र दुईमा बराबरी गर्दै दुई अंक जोडेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु